होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नर्सिङ लाइसेन्स परीक्षामा ४५ प्रतिशत अनुत्तीर्ण
समाचार

नर्सिङ लाइसेन्स परीक्षामा ४५ प्रतिशत अनुत्तीर्ण

  • नागरिक रैबार
नर्सिङ लाइसेन्स परीक्षामा ४५ प्रतिशत अनुत्तीर्ण

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले नर्सिङतर्फको २९औं मिडवाइफरीतर्फको छैटौं नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ ।काउन्सिलले शनिबार लिएको परीक्षामा नर्सिङतर्फका ४५ प्रतिशत अनुत्तीर्ण भएका छन् ।

नर्सिङ तर्फको लाइसेन्स परीक्षामा एक हजार ४८३ जनाले फारम भरेका थिए। । तीमध्ये ८ जना अनुपस्थित भएका थिए । परीक्षामा सहभागी भएका एक हजार ४७१ जनामध्ये ८०७ जना अर्थात ५४.८६ प्रतिशत उत्तीर्ण भएका छन् ।

यसैगरी, मिडवाइफ्रीतर्फ भने तीन जना सहभागी भएकामा सबै उत्तीर्ण भएका छन् । काउन्सिलले वर्षमा तीन पटक लाइसेन्स परीक्षा लिंदै आएको छ ।

विज्ञापन

काउन्सिलले उत्तीर्ण परीक्षार्थीहरूले शैक्षिक प्रमाणपत्र, नागरिकताको सक्कलप्रति, प्रवेश पत्रमा भएको फोटोको सक्कल दुई प्रति र एडमिट कार्डलिएर काउन्सिलमा सम्पर्क राख्न आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार