काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलमा एमसीसी सम्झौतामाथिको ब्याख्यात्मक घोषणापत्र वितरण गरिएको छ ।संसद भवनमा बसिरहेको बैठकमा सांसदहरुलाई ११ बुँदे व्याख्यात्मक घोषणापत्र बाँडिएको छ । व्याख्यात्मक घोषणासहितको पुरक प्रतिवेदनमा बैठकमा प्रमुख सचेतक देव गुरुङले नै आशंका व्यक्त गरेका छन् ।
व्याख्यात्मक घोषणा सम्झौता उधारो हुने हो कि भनेर गुरुङले आशंका व्यक्त गरेका हुन् । बैठक जारी छ ।
फेसबुक प्रतिक्रियाहरु