होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडीका मासु पसलमा सडेको खसीको मासु भेटियो
समाचार

मार्तडीका मासु पसलमा सडेको खसीको मासु भेटियो

  • नागरिक रैबार
मार्तडीका मासु पसलमा सडेको खसीको मासु भेटियो

नागरिक रैबार/बाजुरा १० असोज।बाजुराको सदरमुकाम मार्तडीमा रहेको एक मासु पसलमा खसीको सडेको मासु विक्री गर्न राखेको भेटिएको छ । मार्तडी बजार भित्रका खसी, बोका, राँगा र कुखुराको मासुका १५ वटा मासु पसलको अनुगमन मालिका मासु पसलमा सडेको खसीकाे ५ केजि मासु भेटिएको हाे।

सोमबार दिउसो भेटेरिनरी अस्पतालको आयोजनामा मार्तडी बजारका मासुपसलहरुको अनुगमन गर्दा मालिका मासु पसलमा सडेको खसीको मासु विक्री गर्न राखेको अवस्थामा फेला पारेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताएका छन् ।

मालिका मासु पसलमा सडेको खसीको मासु बिक्री गर्न ५ दिनदेखि डि फ्रिजमा राखेको पाइएपछि अनुगमन टोलीले सडेको मासुलाई बरामत गरि नष्ट गरेको र मासु पसलका संचालकलाई सडेको मासु विक्री नगर्न निर्देशन गरिएको सहाय प्रजिअ विष्टको भनाई छ ।

विज्ञापन

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा गरिएको मासु पसलको अनुगमनमा बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापा, सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्ट, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक गिन्द्र बोगटी, नेपाल पत्रकार महासंघ अध्यक्ष छक्क मल्ल लगायत भेटेरिनरी अस्पतालका कर्मचारीको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार