होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर १९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • इन्धन खपत घटाउन सरकारको महत्वाकांक्षी ४ योजना
समाचार

इन्धन खपत घटाउन सरकारको महत्वाकांक्षी ४ योजना

  • नागरिक रैबार
इन्धन खपत घटाउन सरकारको महत्वाकांक्षी ४ योजना

काठमाडौं । सरकारले इन्धनको खपत घटाउने चार महत्वकांक्षी योजना अघि सारेको छ । सवारी सधनको इन्जिन फेरेर विद्युतीय गाडीमा रुपान्तरण गर्नेेदेखि डिजेल तथा पेट्रोलमा इथानोल र सजिवन मिसाउने योजना छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पेट्रोलियम खपत कम गर्न र विकल्पमा जान सकिने सबै उपयकाबारेमा तत्काल र दीर्घकालिन कार्यहरुबारे छलफल गरेको थियो ।

वाणिज्य तथा आपूर्ति सचिव डा. गणेश प्रसाद पाण्डेयका अनुसार सवारी सधनको इन्जिन फेरेर विद्युतीय गाडीमा रुपान्तरण गर्ने, त्यसको सुरुआत सरकारी गाडीबाटै गर्ने, काठमाडौंका यात्रुबाहक सबै बसलाई बिद्युतीय बनाउने, डिजेल तथा पेट्रोलमा १० प्रतिशत इथानोल र सजिवन मिसाउने योजना समेत अघि सारिएको छ ।

विज्ञापन

‘बैठकको निर्णयलाई कार्यन्वयनमा लैजान क्याबिनेट वा अर्को निकायबाट माइन्युटिङ गराएर अघि बढ्ने सहमति भएको छ,’ आपूर्ति सचिव डा. पाण्डेयले भने ।

शनिबार नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रमा पनिअर्थमन्त्री जर्नादन शर्माले पनि सरकारको निर्णयबारे केही संकेत गरेका थिए । सवारी साधनलाई विद्युतीय मा रुपान्तरण गर्ने, काठमाडौंमा बिद्युतिय बस चलाउने लगायतका निर्णय सरकारले गरेको भन्दै उनले भनेका थिए, ‘काठमाडौंमा तत्काल २÷४ सय कति वटा विद्युतीय बस चलाउन सकिन्छ, तत्काल अघि बढ्ने हो’ शर्माले भने ।

नयाँ प्रविधिको प्रयोगबाट एउटा मोटर फेर्दा पेट्रोलियमबाट चल्ने गाडी बिद्युतीय हुने उनको दाबी छ ।

डिजेल तथा पेट्रोलमा १० प्रतिशत सजिवन र इथानोलमा पनि बिस्तारै मिसाइने उनले बताए ।

शनिबार नै सत्तारुढ गठबन्धनको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको थियो । त्यसनुसार नयाँ मूल्यसूचि पनि अइसकेको छ, तर सवारी साधनलाई विद्युतीय बनाउने तथा काठमाडौंमा बिद्युतीय बस चलाउने लगायतका निर्णय कहिलेबाट कार्यन्वयन हुन्छ भन्ने प्रष्ट भएको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार