होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नवलपुर–२ बाट संघीय उम्मेदवार बन्ने तयारीमा विनोद चौधरी
समाचार

नवलपुर–२ बाट संघीय उम्मेदवार बन्ने तयारीमा विनोद चौधरी

  • नागरिक रैबार
नवलपुर–२ बाट संघीय उम्मेदवार बन्ने तयारीमा विनोद चौधरी

काठमाडौं । उद्योगपति विनोद चौधरीले नवलपुर –२ बाट संघीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन् ।नवलपुर १ बाट कांग्रेस नेता शशांक कोइराला लड्दै आएकाले उनको रोजाइमा सोही जिल्लाको अर्को क्षेत्र परेको छ । नवलपुर १ मा आफ्ना लागि सहज नहुने देखेपछि उनले क्षेत्र नम्बर २ मा इच्छा देखाएका हुन् । उनी नवलपुर १ का मतदाता हुन् ।

२०७० सालमा शशांकसँग प्रतिस्पर्धा गर्नका लागि एमालेले दिएको टिकट अस्विकार गरेको उनले दाबी गरे । शशांकसँग पुरानो सम्बन्ध तथा आफ्नो कांग्रेसप्रतिको आस्था पुरानो भएकाले प्रतिस्पर्धा नगरेको चौधरीले बताए । नवलपुर १ को टिकट माग गरि शशांकसँग द्वन्द्व बढाउन नचाहेको उनको भनाइ थियो ।

समानुपातिक सांसद हुँदै आएका उनले यसपटक प्रत्यक्ष उम्मेदवारी दिने सोच बनाएको बताएका थिए । प्रत्यक्षमा प्रतिस्पर्धा गर्ने मनस्थितिसहित उनले अब समानुपातिकमा नबस्ने बताए । ‘समानुपातिकमा मात्रै कति बस्ने? अब प्रत्यक्ष चुनाव लड्छु ।’ पत्रकारसँग कुरा गर्दै उनले भने, ‘मेरो बाँकी जीवन अब राजनीति नै हो । कांग्रेसकै राजनीति गर्छु ।’

विज्ञापन

सक्रिय राजनीतिमा आउन चाहेका उनी नवलपुर –२ को टिकट प्राप्त गर्नेमा पूर्ण आशावादी पनि देखिएका छन् । ‘नवलपुर–२ मा कांग्रेस हार्दै आएको ठाउँ हो । त्यो क्षेत्र पनि मेरा लागि उपयुक्त नै हुन्छ’, चौधरीले भने, ‘सक्रिय राजनीति गर्नकै लागि वडा वडामा पुगेको छु ।’

पार्टीमा संस्थापन पक्षका चौधरी टिकट प्राप्त गर्नेमा ढुक्क जस्तै देखिएका छन् । यस क्षेत्रमा दाबी गर्ने केन्द्रीय तहका नेता अन्य नभएकाले पनि उनका लागि थप सहज देखिएको छ ।

नवलपुर २ मा गत निर्वाचनमा एमालेका तिलबहादुर महत क्षेत्री विजयी भएका थिए । उनले ३९ हजार ५३ मत ल्याउँदा कांग्रेसका विष्णुकुमार कार्कीले ३७ हजार ७२० मत प्राप्त गरेका थिए ।

यस निर्वाचन क्षेत्रमा बौदीकाली, विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिका सहित मध्यविन्दु नगरपालिका र कावासोतीका नगरपालिकाका ३, १४, १५, १६ र १७ वडा पर्दछन् ।

यो क्षेत्रमा पर्ने तीन गाउँपालिका मध्ये हुप्सेकोटमा मात्रै कांग्रेसले जितेको छ । बौदीकाली र विनयी त्रिवेणी गाउँपालिकामा एमाले विजयी भएको छ । मध्यविन्दु र कावासोतीको मेयरमा एमालेका उम्मेदवार विजयी भएका थिए ।

१४ औं महाधिवेशनमा चौधरी मधेसी कोटबाट केन्द्रीय सदस्य बनेका थिए । फरक फरक क्षेत्रमा सफल व्यक्तिहरुलाई पार्टीको केन्द्रीय तहमा आउने वातावरण बनाउनुपर्ने उनको धारणा छ ।

विषयगत जानकार व्यक्तिले उपल्लो तहमा सिधै प्रतिस्पर्धा गर्न पाउनुपर्ने उनले बताए । ‘सबै क्षेत्रका जानकार व्यक्ति पार्टी भित्र प्रतिस्पर्धा गर्न पाउनुपर्दछ । त्यसका लागि पार्टीको राजनीति गरेको वर्ष खोज्नुहुँदैन’, उनले भने ।

विज्ञता प्राप्त व्यक्तिहरुलाई कांग्रेसमा प्रवेश तथा प्रतिस्पर्धा गराउनका लागि पछिल्लो समय पार्टी केही खुकुलो भएको उनले सुनाए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै