होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सबै कार्यक्रम मन्त्रीको नामबाट राख्न सरकारलाई रावलको सुझाव
समाचार

सबै कार्यक्रम मन्त्रीको नामबाट राख्न सरकारलाई रावलको सुझाव

  • नागरिक रैबार
सबै कार्यक्रम मन्त्रीको नामबाट राख्न सरकारलाई रावलको सुझाव

नेकपा एमालेका नेता भिम रावलले सरकारले सञ्चालन गर्ने सबै कार्यक्रम मन्त्रीको नामबाट राख्न सुझाव दिएका छन् । उनले प्रतिनिधि सभामा सम्बोधन गर्दै नीति तथा कार्यक्रममा समेटिएका योजनामा ‘प्रधानमन्त्री’ राखेपछि यस्तो सुझाव दिएका हुन् ।

‘देश र जनताका लागि सार्वजनिक गरिएका कार्यक्रमको अघि किन प्रधानमन्त्रीको नाम जोडेको ?’ उनले भने, ‘त्यसो भए अब सबै कार्यक्रमहरू मन्त्रीका नामबाट राख्नुहोस् ।’ उनले देशको बजेटबाट राष्ट्रका लागि सञ्चालन गरिने कार्यक्रम कुनै पद विशेष कार्यक्रम भनिनु सामन्ती र व्यक्तिवादी चिन्तनको रूप भएको समेत बताए ।

यस्तै, सन् २०२६ मा नेपाललाई अति कम देशबाट विकासशील देशमा स्तरोन्नती गर्ने ठोस प्रस्तावको बारेमा प्रस्ट्याउन समेत उनले माग गरेका छन् । त्यसका लागि सरकारले बनाएका योजना र विकासका लक्ष्य बारे प्रस्ट्याउन रावलले भनेका हुन् । ‘देश गम्भिर आर्थिक संकट झेलिरहेको र भविष्यमा गम्भिर समस्या आउनसक्ने अर्थविद्हरूले बताइरहेको समयमा त्यसलाई सामना गर्ने योजना खै ?’ उनले थप प्रश्न गरे ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि