नागरिक रैबार/बाजुरा १३ बैशाख। स्थानीय तहको निर्वाचनका लागि बडीमालिका नगरपालिकामा ४ जना वडा अध्यक्षहरुले पुनः उम्मेदवारी दर्ता गरेका छन् ।
जसमा बडीमालिका नगरपालिका ७ बाट यस अघि एमालेबाट जितेका धर्मराज पाध्याय र २ का वडा अध्यक्ष डम्बर महत र बडीमालिका नगरपालिका ८ मा यस अघि काँग्रेस बाट जितेका प्रकाश रावलले पनि सोही वडाको अध्यक्ष पदमा पुनः उम्मेदवारी दिएका छन् ।
नेपाली काँग्रेसबाट बडीमालिका २ मा यस अघि ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका डम्बर महतसंग ६ मतले पराजित भएका गोपाल कार्कीले पनि पुनः वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
बडीमलिका २ मा भने वडा अध्यक्षका उम्मेदवार महत र कार्की पुनः वडा अध्यक्षका लागि प्रतिष्पर्दा गर्ने भएका हुन् ।
फेसबुक प्रतिक्रियाहरु