नागरिक रैबार/बाजुरा १२ चैत्र। जिल्ला प्रशासन कार्यालय बाजुराले आफुसँग भएका हातहतियार चैत्र मसान्त सम्म जिल्ला प्रहरी कार्यालय बाजुरा वा नजिकको सुरक्षा निकायमा बुझाउन अनुरोध गरेको छ ।
आगामी स्थानीय तहको निर्वाचनलाइ मध्य नजर राखि निर्वाचनलाई विश्वसनिय एवंम भरपर्दाे बनाउन माननीय गृह मन्त्रीको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय अनुसार कानुन वमोजिम इजाजत पत्र लिइ हातहतियार राखेका व्यक्तिहरुले यसै चैत्र मसान्त सम्म नजिकको सुरक्षा निकायमा हातहतियार बुझाई सहायोग गरिदिन हुन प्रशासन कार्यालय बाजुराले अनुरोध गरेको छ ।
यदि समयमै हातहतियार नबुझाएमा कानुन बमोजिम जाने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ ।
फेसबुक प्रतिक्रियाहरु