नागरिक रैबार/बाजुरा ९ असोज। बुढीगंगा नगरपालिका वडा- ८ देवलसेनकी २८ वर्षिया भुमिका कुमाल श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी छन् ।
असोज ६ गतेका दिन उनका श्रीमान गोकुल कुमालको कुटाइबाट उनी गम्भीर घाइते भएकी हुन् । श्रीमानले मदिरा सेवन गरेर श्रीमतिलाई गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक गिन्द्र बोगटीले बताएका छन् ।
श्रीमानको कुटाईबाट गम्भिर घाईते भएकि उनको जिल्लामा उपचार सम्भव नभएपछि धनगढी पठाईएको छ भने ‘श्रीमानलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकि उनको उपचार खर्च बुढीगंगा नगरपालिकाले व्यहोर्ने नगरप्रमुख रामबहादुर बानियाँले बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु