होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • १२ कक्षा पास गरेर विवाह गर्नेलाई गाउँपालिकाले पुरस्कार दिने
देश/प्रदेश

१२ कक्षा पास गरेर विवाह गर्नेलाई गाउँपालिकाले पुरस्कार दिने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
१२ कक्षा पास गरेर विवाह गर्नेलाई गाउँपालिकाले पुरस्कार दिने

धनगढीः नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङ गाउँपालिकाले छोरीहरुलाई उच्च शिक्षा अध्ययन नै नगराई विवाह गराईदिने प्रवृत्तिलाई निरुत्साहित गर्न महत्वपूर्ण निर्णय गरेको छ। गाउँपालिकाको पूर्ण कार्यपालिका बैठकले गाउँपालिकाभित्रका छोरीलाई २० वर्ष उमेर पूरागरि कम्तीमा १२ कक्षा उत्तिर्ण गराई विवाह गराउने परिवारलाई सम्मान र नगद पुरस्कार दिने निर्णय गरेको छ।

यस्तो गर्ने परिवारलाई सम्मान तथा बधाइसहित प्रोत्साहन स्वरुप नगद १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका कार्यालयले जनाएको छ। गाउँपालिकाको उक्त निर्णयले पालिकाको मानव विकास सूचकांकमा समेत उल्लेख्य सुधार आउने र छोरीहरुलाई उच्च शिक्षा अध्ययन गराउन अभिभावकहरु उत्प्रेरित हुने गाउँपालिकाको विश्वास रहेको म्यागङ गाउँपालिकाका अध्यक्ष आशाबहादुर तामाङले बताए।

उनका अनुसार यसबाट अभिभावकहरुमा छोरीलाई पूर्ण शिक्षा दिनुका साथै छोरीहरु आफैं सचेत हुनेसमेत लक्ष्य लिइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै