होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डब्ल्युएचओका महानिर्देशक डा गेब्रेयसको नेपाल भ्रमण फलदायी: स्वास्थ्यमन्त्री खतिवडा
समाचार

डब्ल्युएचओका महानिर्देशक डा गेब्रेयसको नेपाल भ्रमण फलदायी: स्वास्थ्यमन्त्री खतिवडा

  • नागरिक रैबार
डब्ल्युएचओका महानिर्देशक डा गेब्रेयसको नेपाल भ्रमण फलदायी: स्वास्थ्यमन्त्री खतिवडा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खतिवडाले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसको नेपालमा भ्रमण फलदायी रहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी डब्ल्यूएचओका महानिर्देशक डा. गेब्रेयससले नेपालको तीन दिने भ्रमण फलदायी भएको बताएका हुन् ।

डब्ल्युएचओका महानिर्देशक डा.गेब्रेयसले भेटवार्ताका क्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला विकासका बारेमा चासो लिएको उनले बताए । अत्याधुनिक आनुवंशिक प्रयोगशालाको विकास गर्न उपकरण तथा प्रशिक्षणमा सहयोग गर्ने इच्छा जाहेर गरेको मन्त्री खतिवडाले बताए ।

मन्त्री खतिवडाले पर्याप्त श्रोत साधन र दक्ष जनशक्ति सुनिश्चित गर्दै आगामी दिनमा जिनसिक्वेन्सिङ प्रदेश स्तरसम्म पुर्‍याउने योजना रहेको बताए । मन्त्री खतिवडाका अनुसार नेपालले बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापना, किटजन्य रोगको तालिम तथा अनुसन्धान केन्द्रलाई विश्व स्वास्थ्य संगठनका दक्षिण पूर्वी एसियाली क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न, अत्यावश्यक औषधि उत्पादन र शल्य चिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापना गर्न तथा नेपाली विज्ञहरूलाई अवसर तथा क्षमता विकासका लागि विश्व स्वास्थ्य संगठनबाट मद्दतको लागि प्रस्ताव गरिएको छ ।

विज्ञापन

त्यसैगरी क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल सिंहले नेपालमा स्वास्थ्य क्षेत्रका लागि छुट्याइएको तथा खर्च गरेको बजेट दक्षिण पूर्वी एसिया क्षेत्रका देशहरू मध्येकै धेरै रहेको बताएको उनले बताए ।​ डब्ल्युएचओका महानिर्देशक डा गेब्रेयसले तीन दिने भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा नारायण खड्का र मन्त्री खतिवडासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार