होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माओवादी नेता पुन आज स्वदेश फर्किँदै
समाचार

माओवादी नेता पुन आज स्वदेश फर्किँदै

  • नागरिक रैबार
माओवादी नेता पुन आज स्वदेश फर्किँदै

नेकपा माओवादी केन्द्रका नेता पूर्वमन्त्री वर्षमान पुन अनन्त चीनमा उपचार गराएर आज स्वदेश फर्कंदै छन् । पुन पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ अपराह्न नेपाल आउन लागेका हुन् । नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो । उनको स्वास्थ्य अवस्था हाल सामान्य बनेको बताइएको छ।

वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सककको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए । बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा चीन लगिएको थियो ।

हाल उनको शरीरमा बिलुरुबिन (जण्डिस) को मात्रा नियन्त्रित अवस्थामा छ । बैंकक जाँदा बिलुरुबिनको मात्रा ३४ थियो । चिकित्सकहरुका अनुसार स्वस्थ मानिसमा बिलुरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने र त्यसभन्दा माथि भए जण्डिस भएको मानिन्छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार