होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, पुस ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमाली गाउँपालिकाको दशाैं गाउँसभा आजबाट सूरु
समाचार

हिमाली गाउँपालिकाको दशाैं गाउँसभा आजबाट सूरु

  • नागरिक रैबार
हिमाली गाउँपालिकाको दशाैं गाउँसभा आजबाट सूरु

नागरिक रैबार। बाजुरा ९ असार/जिल्लाको हिमाली गाउँपालिकाको दशाैं गाउँसभा तथा बजेट अधिवेशन आजबाट सूरु भएको छ । स्थानिय तह निर्वाचन २०७९ पश्चात गाउँपालिकामा आएका नवनिर्वाचित जनप्रतिनिधिहरुले आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।

गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा संचालन भएको गाउँपालिकाको दशाैं गाउँ सभामा २०७९/८० को  नीति तथा कार्यक्रम र बजेट गाउँसभामा प्रस्तुती गरिएको थियो ।

गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लको अध्यक्षतामा संचालन गरिएको गाँउ सभामा उपाध्यक्ष राजकला सार्की , ७ वटै वडाका वडाध्यक्ष लगाएत गाउँकार्यपालिका सदस्यहरु सहभागि भएका थिए ।

विज्ञापन

गाउँसभा दुईदिन चल्ने छ । गाउँसभाले कृषि , विकाश निर्माण लगातका जनता मुखी बजेट ल्याएको गाउँपालिकाले जनाएको छ ।

आर्थिक विकासको गतिलाई निरन्तरता दिँदै उपलब्ध स्रोतसाधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

आर्थिक वर्ष २०७९/०८० नीति कार्यक्रममा तथा बजेट अधिवेशनमा एक वडा एक प्रविधिक साथै गाउँपालिका स्थरिय कृषि विज्ञको व्यवस्था गर्ने गरि आवश्यक अघि बढाइने, कृषि तथा पशुपक्षि विमा कार्यक्रम सन्चालन लागि पहल गरेने, हिमाली गाउँपालिकामा प्रत्येक वडामा एक पशु स्वास्थ्य प्राविधिक राख्ने गरि आवश्यक प्रक्रिया अघि बढाउने, हिमाली गाउँपालिकामा एक वडा एक पशु स्वास्थ्य शिविर सन्चालन गर्ने नीति लिइने छ।

युवा स्वरोजगार कार्यक्रमलाई विशेष जोड दिने, पर्यटकिय क्षेत्रमा रुचि राख्ने युवाहरूलाई ट्रेकिङ गाइड, होमस्टे सन्चालन तथा पर्यटन प्रर्वदन मुलक तालिम दिने, सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रमलाई व्यवस्थित, भरपर्दो एवम् छिटो छरितो बनाउन बैकको समन्वयमा घर दैलोमा वितरण गर्ने कार्य अघि बढाइने,घुम्ती शिविर मार्फत वस्ती स्थरमा समेत गइ घरदैलो कर संकलन गरिने छ।

बिधालयहरुको शैक्षिक गुणस्तर सुधारको लागि शिक्षा शाखा, गाउँ शिक्षा समिति र वडा शिक्षा समितिहरु मार्फत नियमित अनुगमन, निरीक्षण र सुपरिवेक्षणमा जोड दिने, महिनावारी भएको कारणले कुनै छिरीहरुको पढाइ नछुटोस भन्ने उदेश्य साथ सबै किशोरी हरुलाइ निशुलक स्यानिटरी प्याड वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने छ।

सबै बिधालय आइ.टि. मैत्री तथा ईन्टरनेट जोडन गर्ने गरि आवश्यक कार्य अगाडि बढाइने छ। अति गरिव बिपिन्न , अपाङ्ग लगायत आर्थिक साम?रुपले पछि परेको कडा रोगीलाई औषधि उपचार अनुदान दिने नितिलाइ निरन्तरता दिइने छ, हिमाली गाउँपालिका वडा न.५ कवाडीमा निर्माणधिन गाउँपालिका स्थरिय १० शैयाको अस्पताल निर्माण कार्यलाई तिब्रता दिई छिटै अस्पताल सेवा सन्चालन ल्याइने, गाउँपालिका भित्रका ६५ वर्ष भन्दामाथी र ७० वर्ष भन्दा तलका जेष्ठ नागरिकहरु र ग र घ वर्गका सम्पुर्ण अपाङ्ग हरुलाइ वितरण गर्दै आइरहेको सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई निरंतरता दिइने आवश्यक बजेट व्यवस्था गरिने छ।

हिमाली गाउँपलिका वडा न.१,२,३ का नागरिक हरुलाइ सडक संजालमा जोड्ने गरि यसै रहेको क्षेत्र रानी सैनसम्म पुग्नका लागि आवश्यक पर्ने सडक निर्माणका लागि आवश्यक कार्य अगाडि बढाइने छ, हिमाली गाउँपालिका वडा १ बिच्या, वडा न. ५ क्युरी, वडा न.६ पाँडी वडा न. ३ गुम्बामा टेलीफोन टावरको व्यवस्था लागि आवश्यक कार्य अगाडि बढाइने व्यवस्था गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार