होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • यी १६ वर्षीय भारतीय जसले चेसका विश्व च्याम्पियनलाई हराए
समाचार

यी १६ वर्षीय भारतीय जसले चेसका विश्व च्याम्पियनलाई हराए

  • नागरिक रैबार
यी १६ वर्षीय भारतीय जसले चेसका विश्व च्याम्पियनलाई हराए

१६ वर्षीय रमेशबाबुप्रज्ञानानन्दले विश्व नम्बर १ म्याग्नस कार्लसनलाई एयरथिंग्स मास्टर्समा स्तब्ध बनाएका छन् । ‘प्रग’ भनेर चिनिने प्रज्ञानान्दविरुद्ध कार्लसनले थुप्रै गल्ती गरेका थिए जसको भरपुर फाइदा भारतीय युवाले उठाए ।

५ पटकका विजेताले खेलमा फर्कने प्रयास गरे पनि प्रज्ञानानन्दले उनलाई त्यसको कुनै मौका दिएनन् । र, प्रतियोगितामा चर्चित जीत हासिल गरे । कार्लसनविरुद्ध प्रज्ञानानन्दले हासिल गरेको यो पहिलो जीत थियो । सन् २०१३ मा विश्व च्याम्पियन बनेपछि कार्लसनलाई हराउने उनी सबैभन्दा कम उमेरका खेलाडी हुन् । नर्वेजियन खेलाडीलाई हराउने उनी तेस्रो भारतीय हुन् । यसअघि विश्वनाथ आनन्द र पेनटाला हरिकृष्णले उनलाई हराएका थिए ।

‘म निकै खुसी छु,’ खेलपछि उनले भने । सबैभन्दा रोचक कुरा कार्लसनले आइतबारको खेलअघि लगातार तीन खेल जितेका थिए भने प्रज्ञानानन्दले प्रतियोगिताको पहिलो दिन लगातार तीन खेल हारेका थिए । तर, सो खेलमा १६ वर्षीय खेलाडी अर्कै मुडमा देखिएका थिए । उनले कार्लसनलाई मात्र ३९ मुभमा हराउन सफल भएका थिए ।

विज्ञापन

सन् २०१६ मा रमेशबाबु प्रज्ञानानन्द १० वर्षको उमेरमा सबैभन्दा युवा अन्तर्राष्ट्रिय मास्टर बनेका थिए । कार्लसनलाई हराएपछि भारतीय क्रिकेटका लिजेन्ड सचिन तेन्दुलकरसमेतले उनलाई बधाई दिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार