होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बलात्कार साबित भए लिंग छेदन गरिनु पर्छः रावल
समाचार

बलात्कार साबित भए लिंग छेदन गरिनु पर्छः रावल

  • नागरिक रैबार
बलात्कार साबित भए लिंग छेदन गरिनु पर्छः रावल

धनगढीः नेकपा एमालेका सांसद झपट रावलले बलात्कारको विषयलाई वर्गीकरण गरेर हेर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद रावलले विभिन्‍न उमेर समूह र प्रकृति अनुसार बलात्कारको घटनालाई वर्गीकरण गर्दै सोही अनुरुपको कानुनी व्यवस्था गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘बलात्कार साबित भयो भने बलात्कारीको लिंग​ छेदन गर्दा पनि हुन्छ। कतिपय के छ भन्दा तीन, चार वर्ष सँगै बसेका छन्, कुरा नमिल्दा बलात्कार मुद्दा लगाएका छन्। यसलाई पनि हामीले वर्गीकरण गर्नुपर्छ।’ सांसद रावलले अगाडि भने, ‘नाबालकको हकमा हुने बलात्कारको सम्बन्धमा एउटा गर्नुपर्छ। नाबालक भित्र पनि समान उमेरका सम्बन्धमा एउटा गर्नुपर्छ। र उमेर पुगेकाहरूका हकमा, जेष्ठ नागरिकको हकमा एउटा गर्नुपर्छ। यसलाई समग्र यौनसँग जोडिएका, यौनबाट प्रताडित भएका जो उमेर समूहहरू छ। यसका समग्र पक्षलाई समेट्नेगरी कानुन बनाउनुपर्छ।’

उनले यौन हिंसाको शिकार बालिकाहरू मात्र नभएर बालक पनि हुने भएकाले यस विषयमा छलफल हुनु पर्ने माग गरेका छन्। ‘नेपालमा लिंग भनेको महिला र पुरुष मात्रै हो ? यसले जम्मा महिलाभन्दा बाहेक केही भन्दैन यो परिच्छेदले। के नेपालमा महिला मात्रै बलात्कृत भएका छन् ? यसले करणी सम्बन्धि कसुर परिच्छेद १८ को सम्पूर्ण। महिलाको सट्टा व्यक्ति, बालिकाको ठाउँमा बालबालिकाहरू राख्नुपर्‍यो। अहिले थुप्रै नाबालकहरू यौन हिंसामा परेका छन्। यौन हिंसाको शिकार बालक हुन्छन् कि हुँदैनन् ? बालिका मात्रै हुन्छन् ? त्यसैले यसले छलफलको माग गर्‍यो।’

विज्ञापन

रावलले यौन हिंसाको घटनामा बालिकाहरू मात्रै नभइ बालकहरू पनि पीडित हुने भन्दै पीडित बालकहरूलाई समेत सम्बोधन हुनेगरी कानुन बन्‍नुपर्ने बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै