होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सवारी चालक अनुमति पत्रको अनलाइन आवेदनबारे नयाँ व्यवस्था
समाचार

सवारी चालक अनुमति पत्रको अनलाइन आवेदनबारे नयाँ व्यवस्था

  • नागरिक रैबार
सवारी चालक अनुमति पत्रको अनलाइन आवेदनबारे नयाँ व्यवस्था

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदनबारे नयाँ व्यवस्था गरेको छ । अनलाइन आवेदन प्रणालीमा एउटै आवेदनकर्ताले फरक फरक मोवाईल नम्बर प्रयोग गरी एकभन्दा बढी प्रोफाइल बनाई आवेदन फाराम भरेको पाइएपछि विभागले नयाँ व्यवस्था गरेको हो ।

जसअनुसार अब एउटा मोबाइल नम्बर र नागरिकता नम्बरबाट एउटा मात्र अनलाइन प्रोफाइल बनाउन सकिने गरी व्यवस्थापन गरिएको विभागले विज्ञप्तिमार्फत जानकारी दिए । अनलाइन प्रोफाइल बनाउने क्रममा नाम, ठेगाना, नागरिकताको विवरण, सवारी चालक अनुमतिपत्रको विवरण लगायतका विवरण भर्दा त्रुटि भएमा आफूले आवेदन गरेको वा गर्न चाहेको नजिकको यातायात व्यवस्था कार्यालयमा गई त्रुटिपूर्ण विवरण हटाउन लगाई पुनः आफ्नो विवरण गर्न पनि विभागले सूचित गरेको छ ।

प्रत्येक दिन बिहान ७ बजे १६ औं दिनको लागि आवेदन खुल्ला हुने भएकोले समय व्यवस्थापन सोही बमोजिम गर्न पनि विभागले अनुरोध गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै