होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • एमाले खप्तड क्षेडेदह गाउँपालिकाकाे चुनावी प्रतिवद्धता पत्र सार्वजनिक
समाज

एमाले खप्तड क्षेडेदह गाउँपालिकाकाे चुनावी प्रतिवद्धता पत्र सार्वजनिक

  • नागरिक रैबार
एमाले खप्तड क्षेडेदह गाउँपालिकाकाे चुनावी प्रतिवद्धता पत्र सार्वजनिक

नागरिक रैबार/बाजुरा १० बैशाख। नेकपा एमाले खप्तड क्षेडेदह गाउँपालिकाले चुनावी प्रतिवद्वता सार्वजनिक गरेकाे छ ।
खप्तड क्षेडेदह गाउँपालिकामा हाम्राे उम्मेदवारी, सामाजिक न्याय समानता र समृद्धिकाे जिम्मेवारी भन्ने मुल नाराका साथ एमाले खप्तड क्षेडेदह गाउँपालिकाले आफ्नो चुनावी प्रतिवद्वता पत्र सार्वजनिक गरेकाे हाे ।
एमाले खप्तड क्षेडेदह गाउँ कमिटीले पालिकाकाे केन्द्र डाेगडीमा बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि तयार गरेकाे प्रतिवद्वता पत्र शुक्रबार एक औपचारिक कार्यक्रमका विच एमाले केन्द्रीय लेखा आयाेग सदस्य तथा पूर्व संविधानसभा सदस्य बसुन्धरा राेकाया, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लालबहादुर ओली, गाउँपालिकाका अध्यक्षका उम्मेदवार दिलबहादुर रावत, उपाध्यक्षका उम्मेद्वार मन्देवी ओली लगायत नेताहरूले सामुहिक रूपमा सार्वजनिक गरेका थिए ।
एमाले खप्तड क्षेडेदह गाउँ कमिटीले बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि तयार गरेकाे प्रतिवद्वता पत्रमा गाउँपालिकामा २ वर्षभित्र सवै विद्यालयमा कम्प्युटर शिक्षा र ई पुस्तकालय संचालन गर्ने, स्नातक तह सम्मकाे क्याम्पस र प्राविधिक शिक्षालयकाे स्थापना गर्ने, अंग्रेजी माध्यमबाट कक्षा १ देखि आधारभुत तहकाे शिक्षा प्रारम्भ गर्ने भनिएको छ ।
त्यसै गरि गाउँपालिकामा निर्माण संरचनालाई व्यपस्थित गर्ने र निर्माण पूरा नभएका संरचनाहरूलाई २ वर्ष भित्र निर्माण गरिसक्ने लक्ष्य लिएकाे छ । प्रतिबद्धता पत्र अनुसार गाउँपालिकाले प्रतेक वर्ष २ जना डाक्टर, २ जना ईन्जिनियर, २ जना स्टाप नर्स र २ कानुन पढाउने भएकाे छ ।
गाउँपालिका भित्र ५ वर्ष मुनिका बालवालिका र ८० वर्ष माथिका वृद्ध वृद्धाकाे स्वास्थ्य विमा र विशेष राेगकाे निशुल्क उपचार गर्ने, वर्षकाे २ पटक विषेशज्ञ शिविर र २ महिनाकाे एक पटक स्वास्थ्य शिविर संचालन गर्ने प्रतिवद्वतामा उल्लेख गरेकाे छ ।
एमाले खप्तड क्षेडेदह गाउँकमिटीले गाउँपालिकामा २४ सै घण्टा संचालन हुनेगरि एम्बुलेन्स सेवा, काँडा र आर्टिचाैरमा ल्याव सेवा र पालिकाकाे केन्द्र डाेगडीमा चिकित्सक सेवाकाे विस्तार गर्ने, पालिकामा १० सैयाकाे अस्पताल निर्माण गरि संचालनमा ल्याउने र गाउँपालिकाका अति विपन्न प्रतेक घरधुरीमा धुँवारहित सुधारिएकाे चुल्हाे जडान गरिने छ ।
त्यसैगरि गाउँपालिका भित्र रहेका अतिविपन्न, अपांग, एकल महिला, टुहुरा, असहाय र फरक क्षमता भएका व्यक्तिको परिचयपत्रका आधारमा निशुल्क उपचार गर्ने, गाउँपालिकाका सवै नागरिकलाई विमामा जाेडेर निशुल्क उपचारकाे ग्यारेन्टी गर्ने एमाले खप्तड क्षेडेहुदहले प्रतिवद्वता पत्रमा राखेकाे छ ।
१ सय १३ बुँदा लामाे प्रतिवद्वता पत्रमा पाँच वर्षभित्र गाउँपालिकाका सबै वडाकाे केन्द्रसम्म पुग्ने गरि कालाेपत्रे सडक विस्तार गर्ने एमाले खप्तड क्षेडेदह गाउँ कमिटीले सार्वजनिक गरेकाे प्रतिवद्वता पत्रमा समेटेकाे छ ।

एमाले खप्तड क्षेडेदह गाउँ कमिटीका अध्यक्ष गाेपाल बुढाकाे अध्यक्षतामा गरिएकाे प्रतिवद्वता पत्र सार्वजनिक कार्यक्रमकाे संचालन गाउँ कमिटी सदस्य तथा हास्य कलाकार दिर्घ शाहीले गरेका थिए भने कार्यक्रमकाे प्रमुख अतिथि एमाले केन्द्रीय लेखा आयाेग सदस्य तथा पूर्व संविधानसभा सदस्य बसुन्धरा राेकाया रहेकी थिईन् ।
कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लालबहादुर ओली, गाउँपालिकाका अध्यक्षका उम्मेदवार दिलबहादुर रावत, उपाध्यक्षका उम्मेद्वार मन्देवी ओली लगायत नेता कार्यक्रताहरू सहभागी भएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै