कञ्चनपुर: कञ्चनपुरमा सर्वाधिक धनराशीको कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसीजको सहकार्यमा फारवेस्टर्न कर्पोरेट क्रिकेट कप २०२२ प्रतियोगिता हुन लागेको हो।
उक्त प्रतियोगिता फागुन १४ देखि चैत ५ गतेसम्म चल्ने प्रतियोगिता संयोजक भोजराज जोशी बताए। प्रतियोगिताको विजयी टिमलाई नगद एक लाख ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने र द्वतीय टिमलाई नगद ५५ हजारसहित नगद ट्रफी र प्रमाणपत्र प्रदान गरिने उनले बताए।
यसैगरी प्रतियोगिताको म्यान अफ द सिरिजलाई नगद ५ हजार पाँच सयसहित ट्रफी र प्रमाणपत्र, बेस्ट ब्याट्सम्यानलाई नगद ३ हजार पाँच सयसहित ट्रफी र प्रमाणपत्र तथा प्रतियोगिताका बेस्ट बलरलाई नगद ३ हजार ५ सयसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा कैलाली र कञ्चनपुरबाट २० टिमको सहभागिता रहने लक्ष्य लिएको आयोजकको भनाई छ।
फेसबुक प्रतिक्रियाहरु