होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उच्च आयात हुने वस्तुमा ८औं स्थानमा खोप, झण्डै २७ अर्बको आयात
समाचार

उच्च आयात हुने वस्तुमा ८औं स्थानमा खोप, झण्डै २७ अर्बको आयात

  • नागरिक रैबार
उच्च आयात हुने वस्तुमा ८औं स्थानमा खोप, झण्डै २७ अर्बको आयात

१० फागुन, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा मानव स्वास्थ्यमा प्रयोग हुने खोपको आयात उच्चदरमा बढेको छ ।

कोभिड–१९ महामारी रोकथामका लागि सरकारले ठूलो मात्रामा खोपको आयात गरेपछि सातमहिनामै उच्च आयात भएका १० वस्तुमध्ये ८ औं स्थानमा खोप परेको छ ।

यो वर्षको पहिलो सात महिनामा २६ अर्ब ८५ करोड ९ लाख ७६ हजार मूल्य बराबरको खोप आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यो गतवर्षको तुलनामा २५ अर्ब ५० करोड ७४ लाख ६८ हजार रुपैयाँले बढी हो ।

विज्ञापन

गत वर्ष यही अवधिमा १ अर्ब ३४ करोड ३५ लाख ८ हजार रुपैयाँ मूल्य बराबरको खोप आयात भएको थियो । सामान्य अवस्थामा भन्दा कोरोना महामारी विरुद्धको खोप अभियान सञ्चालन भएपछि खोप आयात ह्वात्तै बढेको हो ।

यो सातमहिनाको अवधिमा २ लाख ४० हजार केजी परिमाणको खोप आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । गत वर्ष यही अवधिमा ३९ हजार ७८५ केजी परिमाणको खोप आयात भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार