होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ११, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा एक गर्भवति महिला बाटोमै सुत्केरी भएपछि…
समाचार

बाजुरामा एक गर्भवति महिला बाटोमै सुत्केरी भएपछि…

  • नागरिक रैबार
बाजुरामा एक गर्भवति महिला बाटोमै सुत्केरी भएपछि…

नागरिक रैबार/बाजुरा ५ साउन। जिल्लाको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ कि एक महिला बाटोमै सुत्केरी भएकि छन् । गाउँपालिकाको वडा नं. २ माझगाउँमा रहेको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभए पछि मुक्तिकोट घर भएकि कार्तिका विकले बाटोमै सुत्केरी हुनु परेको छ । फयालगाउँ स्थित सामुदायीक स्वास्थ्य इकाई केन्द्रमा प्रसुती गराउने स्वास्थ्यकर्मी नहुँदा विकले बाटोमै सन्तान जन्माउनु परेको हो ।

स्वामिकार्तिक १ मुक्तिकोट कि ३५ बर्षिया कार्तिका विक स्वास्थ्य चौकि कर्मचारी नहुँदा घर फर्कदा बाटोमा बच्चा जन्माउन बाध्य भइन् । करार कर्मचारीको म्याद थप नहुँदाको परिणाम भएको गाउँपालिका बासीले बताएका छन् ।

सुत्केरी ब्यथा लागेकी उनलाइ आफन्तले गाउँ बाट एक घण्टाको दुरीमा रहेको स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ स्वास्थ्यकर्मी नहुदा उनलाई फिर्ता ल्याएका थिए । घरमा ल्याउदै गर्दा ताहाडा खोला नजिकै बाटोमा छोरा जन्माएको स्थानिय बल बहादुर बिकले वताएका छन् । कार्तिका बिकको यो तेस्रो बच्चा रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ६ दिन अगाडि

भर्खरै