होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विद्यालयबाट फर्किरहेका ३ विद्यार्थीलाई खोलाले बगायो
समाचार

विद्यालयबाट फर्किरहेका ३ विद्यार्थीलाई खोलाले बगायो

  • नागरिक रैबार
विद्यालयबाट फर्किरहेका ३ विद्यार्थीलाई खोलाले बगायो

डेल्धुराः डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ। परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजनको मृत्यु भएको हो।

मंगलबार दिउँसो पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट घर जाने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्ता जोशीले जानकारी दिए।मृतक निराजन कक्षा १ मा अध्ययनरत थिए। प्रअ जोशीका अनुसार खोलाले बगाउँदा अन्य दुई विद्यार्थी घाइते भएका छन्।

घाइते हुनेमा सोही ठाउँका अन्दाजी १५ वर्षीय रेशम साउँद र १४ वर्षीय गोपाल साउँद रहेका छन्। रेशमको अवस्था गम्भीर रहेको प्रअ जोशीले बताए। विद्यालय बिदा भइसकेपछि घर जाने क्रममा तीनैजनालाई खेलाले बगाएको उनले बताए।

विज्ञापन

अहिले इलाका प्रहरी कार्यालय, जोगबुढाको प्रहरी टिम घटनास्थलतर्फ जाँदैछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार