होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ट्रकले च्याप्दा प्रहरी जवानको मृत्यु
समाचार

ट्रकले च्याप्दा प्रहरी जवानको मृत्यु

  • नागरिक रैबार
ट्रकले च्याप्दा प्रहरी जवानको मृत्यु

काठमाडौं । बाँकेको कोहलपुर चौराहमा ड्युटीमा खटिएका एकजना प्रहरी जवानको ट्रक पल्टिएर च्यापिंदा मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ वर्षीया प्रहरी जवान कविता बीसी रहेकी छन् ।

शम्सेरगञ्जबाट कौशिलानगर बाँके तर्फ जाँदै गरेको ना ३ ख ६४३६ नम्बरको ट्रक गएराति १० बजे कोहलपुर चौराहमा मोड्ने क्रममा एक्कासी पल्टिंदा बीसी च्यापिएकी थिइन् ।

विज्ञापन

घाइते भएकी बीसीको उपचारको क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा गएराति सवा १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बाँकले जनाएको छ ।

दुर्घटना लगतै फरार भएका ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार