होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • नेपाली कांग्रेस स्वामिकार्तिकले भन्याे हामी एक्लै लड्छाै, गठबन्धन गर्दैनौं
समाज

नेपाली कांग्रेस स्वामिकार्तिकले भन्याे हामी एक्लै लड्छाै, गठबन्धन गर्दैनौं

  • नागरिक रैबार
नेपाली कांग्रेस स्वामिकार्तिकले भन्याे हामी एक्लै लड्छाै, गठबन्धन गर्दैनौं

नागरिक रैबार
बाजुरा ७ बैशाख । नेपाली कांग्रेस स्वामिकार्तिक खापर गाउँ कार्य समितिले गाउँपालिकामा काँग्रेसले कुनै दलसंग गठबन्धन नगर्ने बताएको छ ।
काँग्रेसले स्वामिकार्तिक खापर गाउँपालिकामा गठबन्धन अनुसार अध्यक्ष पाउनु पर्ने माग राखेकाे थियाे तर गठबन्धनमा आवद्ध नेकपा एकिकृत समाजवादीले अध्यक्षमा पाउनु पर्ने अडान यथावत राखेपछि नेपाली काँग्रेस स्वामिकार्तिक गाउँ कार्य समितिले गठबन्धनबाट बाहिरीने निणर्य गरेर जिल्ला कार्य समिति र प्रदेश कार्य समितिमा पठाएको छ ।
नेपाली काग्रेँस स्वामिकार्तिक खापर गाउँपालिकाको बैठकले गठबन्धनमा नजाने निणर्य गरेर प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिकाे ध्यानाकर्षण गराएकाे छ ।
स्वामिकार्तिक खापर गाउँपालिकामा आफ्नो बहुमत हुँदाहुदै समाजबादी र माओबादीलाई अध्यक्ष दिन सकिँदैन बरू एक्लै चुनावमा जानेछाै काँग्रेस स्वामिकार्तिकका सभापति महेश कट्टेलले भने । प्रदेश र जिल्ला कार्यसमितिले गाउँ कार्यसमितिले गरेकाे निर्णयलाई नमाने यसकाे जवाफदेही सम्बन्धित निकायले हुनुपर्ने बताएको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा स्वामिकार्तिक खापर गाउँपालिकामा नेकपा एमालेबाट चिरञ्जीवी शाहीले जितेको थिए । एमालेबाट गाउँपालिका जितेका शाही उपाध्यक्ष मिमा बुढा अहिले नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार