जनकपुरधाम । चार महिना पहिला नै सामाजिक सुरक्षा भत्ता पठाइसक्दा पनि वितरण नगरेको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका मेयरले स्थानीय कुमारी बैंकमा ताला लगाएका छन् ।
मेयर संजीव साहले चार महिना अघि नै सामाजिक सुरक्षा भत्ता बैंकमा पठाउँदा पनि वितरण गर्न कुनै तदारुकता नदेखाएको भन्दै बुधबार कुमारी बैंकमा ताला लगाएका हुन् । उनले भंगहा नगरपालिकाको सितापुरस्थित कुमारी बैंकमा ताला लगाएका हुन् ।
चार महिनाअघि नै नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बितरण गर्नका लागि बैंकमा रकम पठाइसकिएको बताए । ‘भत्ता लिन पटक-पटक ज्येष्ठ नागरिक धाइरहेका छन्, तर बैंकले नदिँदा बाध्य भएर ताला लगाएको छु’ उनले भने ।
मेयर साहले ताला लगाएपछि बैंकको सेवा प्रवाह ठप्प भएको छ ।
फेसबुक प्रतिक्रियाहरु