होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमाले ७ करोड होइन ७ सय करोडमा पनि विक्री हुँदैन : केपी ओली
राजनीति

एमाले ७ करोड होइन ७ सय करोडमा पनि विक्री हुँदैन : केपी ओली

  • नागरिक रैबार
एमाले ७ करोड होइन ७ सय करोडमा पनि विक्री हुँदैन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सात सय करोड रुपैयाँमा पनि एमाले खरिदबिक्री नहुने दावी गरेका छन् । बुधबार ‘युवासँग म’ विषयक अन्तरक्रियामा युवाहरुले सोधेको प्रश्नको जवाफ दिदै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् ।

‘नेकपा एमालेका लागि पैसाको महत्व छैन भनेर जलाउँदै हिड्ने पागल होइन यो’, ओलीले रुपन्देहीका सरोज भट्टराईले सोधेको प्रश्नको जवाफ दिदै भने, ‘तर अनुचित पैसा, अनुचित कारोवार, अनुचित प्रलोभन अनफेयर क्रियाकलापमा विश्वास गर्दैन र यस्ता कुराहरुलाई छेउमा पनि पर्न दिदैन ।’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई भट्टराईले आफु पनि राजनीतिमा आउन चाहेको तर आफुसँग पैसा नभएकाले सात करोड लिएर आउने व्यापारीलाई उम्मेदवारको टिकट दिनुहुन्छ कि मलाई रु भनेर प्रश्न गरेका थिए ।

भट्टराईको प्रश्नको जवाफमा ओलीले भने, ‘एमालेलाई सात सात करोड होइन, सात सय कारोड सात हजार करोड, सात लाख अफर कसैले गर्छ भने पनि एमालेलाई खरिद गर्न सम्भव छैन ।’ उनले राजनीतिक फिल्ड कसैको ठेक्का पट्टाको विषय नभएको पनि बताए । साथै उनले एमालेले राजनीतिमा सवैलाई स्थान दिने गरेको भन्दै ‘ओपन’ रहेको बताए । ‘यहाँ तोकिएका खेलाडी छैनन’, ओलीले भिच्छु अश्वघोष, हरिप्रसाद पाण्डे र गोल्छ सार्कीको नाम लिदै सवैलाई समान अधिकार दिदै आएको बताए ।

विज्ञापन

ओलीले युवाहरुको एकमुष्ट जवाफ दिने क्रममा युवाहरुको चेहरा र अभिव्यक्तिमा देश भक्तिको आकांक्षा र राष्ट्रिय एकता देखेको भन्दै त्यसमा आफु ढुक्क रहेको बताए । उनले देशमा समस्याहरु रहेको र ति समस्या हामी सवैले भोगिरहेको र भ्रष्टचार यत्रतत्र रहेको स्वीकार गर्दै त्यसबाट मुक्त हुनुपर्ने बताए । ‘कुरा गर्ने काम नगर्ने, अपेक्षा गर्ने मेहनत नगर्ने बानी छ । त्यस्ता कुरालाई आफैबाट पनि हटाउनुपर्छ’, ओलीको भनाइ छ । जवाफ दिने क्रममा ओलीले इतिहास, धर्म, योग, ज्ञान विज्ञान, अन्तरिक्ष, आकास, औषधीदेखि मानवशास्त्र र खगोलशास्त्रसम्मको सवैको व्याख्या गरेका थिए । त्यसक्रममा उनले देश विकास गर्न नसक्ने कुनै कारण नभएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि