नागरिक रैबार/बाजुरा ७ बैशाख। जिल्ला अस्पताल बाजुराको ५० सैयाको भवन सम्झौता सकिएको १ वर्षमा पनि निर्माण कार्य पुरा हुन सकेको छैन् । अस्पतालको ५० सैयाको भवन समयमै निर्माण सम्पन्न नहुँदा अस्पतालमा दैनिक आउने विरामीलाई समस्या भएको छ ।
जिल्ला अस्पताल बाजुराको ५० सैयाको भवन निर्माणका लागि डाँफे-लोहनी पिएस जेभि डोटीले २०७५ बैशाख १ गते ३ वर्ष भित्र सम्पन्न गर्ने गरी सघन सहरी तथा भवन निर्माण आयोजना डोटीसंग सम्झौता गरेको थियो ।
सम्झौता गरेको ९ महिनापछि मात्र काम सूरु गरेको भवन निर्माण कम्पनिले १ वर्ष अघि २०७८ साल बैशाख १ गते भवनको निर्माण कार्य सम्पन्न गर्ने भनेको भएपनि सम्झौताको एक वर्ष वितिसक्दा पनि निर्माण कार्य सम्पन्न गर्न सकेको छैन् ।
अस्पतालको भवन निर्माणका लागि डाँफे-लोहनी पिएस जेभि डोटीले २६ करोड ११ लाख ६१ हजार ३३९ लागतमा २०७८ साल बैशाख १ गते पुरा गर्नेगरी २०७५ सालमा ठेक्का सम्झौता गरेको देखिन्छ ।
भवन निर्माण सम्झौता गरेको ३ वर्षमा सम्मन्न गर्ने गरी सम्झौता भएको भएपनि निर्माण कम्पनिले विगत २ वर्षमा कोभिड-१९ र साँफे मार्तडी-सडक समस्याको कारण भवन निर्माणका लागि आवश्यक सामाग्री ढुवानी गर्न समस्या भएकोले समयमै काम सम्पन्न गर्न ढिलाई भएको डाँफे-लोहनी पिएस जेभि डोटीका ठेकेदार हरिष मडैले बताएका छन् ।
अहिलेसम्म अस्पताल भवनको ६५ प्रतिशत काम भएको र बाँकी सवै काम पुरा गर्न आगामी मंसिर महिना सम्म लाग्ने ठेकेदार हरिष मडैको भनाई छ । उनका अनुसार अहिले भवनमा प्लष्टर, विजुली वाईरिङ्ग र फिनिसिङ्गको काम भईरहेको छ ।
समयमै भवन निर्माण नहुँदा अस्पतालबाट सेवा प्रवाह गर्न समस्या भईरहेको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाः प्रकाशराज जैशीले बताएका छन् । भवन निर्माण सम्झौता गरेको ३ वर्षमा सम्मन्न गर्ने गरी सम्झौता भएको भएपनि निर्माण कम्पनिले कोभिड र सडक समस्याको कारण देखाउँदै अहिलेसम्म सम्पन्न गर्न नसकेपछि अस्पतालले दिने सेवाहरु प्रभावित भएको डाक्टर जोशिको भनाई छ ।
जिल्लाको सदरमुकाममा रहेको अस्पतालको अवस्था दयनिय छ । दिनहुँ जसो उपचारमा आउने विरामीलाई भवन अभावकै कारण सेवा दिन कठिनाई भएको छ । आफ्नै भवन अस्पतालसंग छैन् । ५० सैयाको अस्पताल निर्माणाधिन अवस्थामा रहेको छ । अहिले अस्पतालले रेडक्रसको भवन भाडामा लिएर १५ सैयामा सेवा दिईरहेको छ । जिल्ला अस्पताल बाजुरामा जिल्ला भित्रका मात्रै नभई जिल्ला बाहिरका समेत सेवा लिन आउने गरेका छन् ।
बाजुरा जिल्ला अस्पतालमा भवन, शैया उपकरणको अभाव संगै र विशेषज्ञ चिकित्सकको अभाव छ । जसका कारण गम्भिर प्रकृतिका विरामीहरुलाई जिल्लाबाहिर रिफर गरेर पठाउनु पर्ने बाध्यता छ ।
अस्पतालमा सवै गरेर ८० बढी कर्मचारीहरु कार्यरत रहेका छन् । अहिले कार्यालय प्रमुख डाक्टर प्रकासराज जैशीसहित ७० बढी कर्मचारीहरु करार सेवामा राखिएका छन् । अस्पतालको नयाँ भवन समयमै नबनेपछि अस्पतालले थप सेवा सुविधा विस्तार गर्न सकिरहेको छैन् । जसका कारण यहाँका स्थानीयहरु प्रत्येक्ष मारमा परेका छन् ।
फेसबुक प्रतिक्रियाहरु