होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, भदौ २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अखिल अध्यक्ष पञ्चा सिहंसहित नेता कार्यकर्ता घाइते
समाचार

अखिल अध्यक्ष पञ्चा सिहंसहित नेता कार्यकर्ता घाइते

  • नागरिक रैबार
अखिल अध्यक्ष पञ्चा सिहंसहित नेता कार्यकर्ता घाइते

काठमाडौंः नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित नेता कार्यकर्ता घाइते भएका छन्। अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताविरुद्ध प्रदर्शनका क्रममा बानेश्वर क्षेत्रमा प्रहरीसँग झडपका क्रममा अध्यक्ष सिंहसहित एक दर्जन नेता कार्यकर्ता घाइते भएको अखिल क्रान्तिकारी केन्द्रीय कार्यालयले जनाएको छ।

घाइते हुनेमा केशव रावल, समीर लुइँटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम यादवलगायत एक दर्जनभन्दा बढी नेता कार्यकर्ता छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी प्रहरीले दर्जन बढी वाईसीएल र अखिलका कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार