होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमसीसी टेबल गर्ने निर्णयमा माओवादीका ३ सांसदले जनाए लिखित असहमति
समाचार

एमसीसी टेबल गर्ने निर्णयमा माओवादीका ३ सांसदले जनाए लिखित असहमति

  • नागरिक रैबार
एमसीसी टेबल गर्ने निर्णयमा माओवादीका ३ सांसदले जनाए लिखित असहमति

 काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदमा एमसीसी टेबल गर्न निर्णय गरेको छ । यो निर्णयमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसहित ३ जना सांसदले लिखित असहमति जनाएका छन् ।

प्रमुख सचेतक देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्तीले सभामुख अग्नि सापकोटालाई संयुक्त पत्र लेख्दै एमसीसी टेबुल गर्ने विषयमा असहमति रहेको जानकारी दिएका हुन् ।

राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जनको सुनिश्चितता पनि नभएको र संसद अवरुद्ध रहेको भन्दै उनीहरुले एमसीसी संसदमा टेबल गर्ने विषयमा आफूहरुको गम्भीर असहमति रहेको उल्लेख गरेका छन् ।

विज्ञापन

आज बिहान प्रचण्डसहितका सत्ता गठबन्धनका नेताहरूको बैठकले एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्ने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार