होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ८ महिनामा १ हजार २ सय २८ प्रहरीमाथि कारबाही
समाचार

८ महिनामा १ हजार २ सय २८ प्रहरीमाथि कारबाही

ठुला दर्जालाई कारवाही भएन

  • नागरिक रैबार
८ महिनामा १ हजार २ सय २८ प्रहरीमाथि कारबाही

प्रहरी कर्मचारीविरुद्ध विभिन्न स्रोतबाट उजुरी पर्छ । सो उजुरी छानविन र काम कारवाहीमा देखिएको त्रुटिका आधारमा प्रहरी कर्मचारीहरुलाई प्रधान कार्यालय र गृह मन्त्रालयले कारवाही गर्छ ।
२०७८ साउन पछिको ८ महिनामा १ हजार २ सय २८ भन्दा धेरै प्रहरी कर्मचारी कारवाहीमा परेका छन् । २०७८ साउन भन्दा पछि फागुन मसान्तसम्ममा १२ सय २८ जनालाई विभिन्नस्तरको कारवाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

४ जना प्रहरी नायव निरीक्षक (सई) सहित ६३ जनालाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी जागिरबाट बर्खास्त गरिएको छ । ५ जना प्रहरी भविष्यमा सरकारी जागिरमा अयोग्य ठहरिने गरी बर्खास्तीमा परेका छन् ।
२०७८ साउनपछि प्रहरी जवान र हबल्दार सबैभन्दा धेरै कारवाहीमा परेका छन् । देशभरका जिल्ला प्रहरी कार्यालय र परिसरहरुले ७२५ जना जवान र ३१९ जना हबल्दारहरूलाई कारवाही गरेको छ । जवान र हबल्दार ठुलो संख्यामा कारवाहीमा परेपनि ठूलो दर्जाका अधिकृत कारबाहीबाट जोगिने गरेका छन् ।

२०७८ साउनपछि १४ जना इन्स्पेक्टर, ४ जना डिएसपी र ३ जना एसपीलाई कारवाही गरिएको छ । साना दर्जालाई बर्खास्त गर्ने, तलव र बढुवा रोक्ने कारवाही गरिएको प्रहरी प्रधान कार्यालयको तथ्यांकबाट देखिन्छ ।
तर, माथिल्लो दर्जाका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले ‘नसिहत’ र ‘सचेत’ मात्रै गराउने गरिएको छ ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय धनुषामा रहँदा एसपी प्रकाश रानाभाटमाथि लागु औषध मुद्दाको मुचुल्का परिवर्तन गरेर कारोबारीलाई छाडेको आरोप लागेको थियो । सो मुद्दामा छानविन गर्दा उनले त्रुटि गरेको देखिएको छानवीनमा संलग्न अधिकृतहरु बताउँछन् ।

जिल्ला सरकारी वकिल कार्यालयले पनि मुचुल्का परिवर्तन गरेको रिपोर्ट महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ । तर, शक्तिकेन्द्रको दवावमा उनले कारवाहीबाट छुटकारा पाएका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले रानाभाटलाई ‘सचेत’ गराएर उन्मुक्ति दिएका छन् ।

मुद्दा चलाउनुपर्ने चेक आरोपीलाई फिर्ता दिएको घटनामा छानविन समितिले तत्कालिन जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहलाई कारवाही गर्न सिफारिस गरेको थियो । डीआईजी राजेशलाल कर्ण नेतृत्वको छानविन समितिले कारवाहीको सिफारिस गरेपनि सिंहमाथि कारवाही भएको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै