होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विद्युत आपूर्तिकाे माग गर्दै आजपनि बाजुराबासी आन्दाेलनमा
समाचार

विद्युत आपूर्तिकाे माग गर्दै आजपनि बाजुराबासी आन्दाेलनमा

  • नागरिक रैबार
विद्युत आपूर्तिकाे माग गर्दै आजपनि बाजुराबासी आन्दाेलनमा

नागरिक रैबार
बाजुरा ५ माघ
मार्तडीमा विद्युत आपुर्तिकाे माग गर्दै आजपनि बाजुराका नागरिक समाजले आन्दोलन गरेकाे छ ।
देश लाेडसेडिङ मुक्त भएर उज्यालाे अभियानमा लम्किरहेका बेला बाजुरा सदरमुकाम मार्तडीबासी दैनिक ८ देखि १० घण्टा लाेडसेडिङकाे मार खेप्न बाध्य भएकाे भन्दै बाजुराकाे नागरिक समाज हिजाेबाट चरणबद्व आन्दोलनमा उत्रेकाे छ ।
आज नागरिक समाज बाजुराले अखिल क्रान्तिकारीका बाजुरा अध्यक्ष खेमराज साउँदकाे नेतृत्वमा विद्युत आपूर्तिकाे माग गर्दै दुनिहाटबजार, डिआरमष्ट बन कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय बाजुरामा आन्दोलन सहित आधा घण्टा धर्ना गरेकाे थियाे ।
जिल्ला प्रशासन कार्यालय बाजुरामा नागरिक समाज आन्दोलन सहित आधा घण्टा धर्ना बसेपछि प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पाैडेलले बाजुराकाे विद्युतकाे समस्याकाे समाधानका लागि भाेलि सर्वदलीय बैठक बाेलाएकाे र विद्युतकाे समस्याकाे समाधान छिट्टै हुने आश्वासन दिएका थिए ।
विद्युत आपुर्तिकै माग राख्दै नागरिक समाज बाजुराले तत्काल विद्युत समस्याकाे समाधान नभए थप आनदाेलनका कार्यक्रम अगाडि बढाउने नागरिक समाजका अगुवा सुरेन्द्र नाथले बताएका छन् ।
सदरमुकाम मार्तडीलाई लक्षित गरि राष्ट्रिय प्रशारणकाे लाई पावरहाउस नजिकै पुगिसकेकाे छ । राष्ट्रिय प्रशारण लाईन मार्तडीमा पुगेकाे भएपनि बाजुरा वितरण केन्द्र र त्रिवेणी सहकारीले विद्युत जडानमा चासाे नदिएकाे भन्दै दुवै कार्यालयमा हिजाे तालाबन्दी गरेकाे थियाे ।
विद्युतकाे समस्याकाे समाधान नहुन्जेलसम्म कार्यालयमा लगाएका तालाहरू नखाेल्ने नागरिक समाजले चेतावनीसमेत दिएकाे छ ।
२०४६ सालमा स्थापना भएकाे बाजुरा साना जलविद्युत २०६६ सालदेखि त्रिवेणी सहकारीले २० वर्षका लागि लिजमा सम्झौता गरेर संचालन गरिरहेकाे छ । विद्युतकाे उत्पादन क्षमता २ सय किलाेवाट भएकाेले मार्तडीमा माग अनुसारकाे विद्युत आपुर्ति भने हुन् सकेकाे छैन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार