होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विशेष अदालतले थुनुवा बाहेकको मुद्दा सुनुवाइ नगर्ने
समाचार

विशेष अदालतले थुनुवा बाहेकको मुद्दा सुनुवाइ नगर्ने

  • नागरिक रैबार
विशेष अदालतले थुनुवा बाहेकको मुद्दा सुनुवाइ नगर्ने

काठमाडौं । विशेष अदालतले कोरोना संक्रमण बढेका कारण थुनुवा बाहेकका सबै सेवा स्थगित गरेको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै विशेष अदालतले थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने भएको हो ।

विशेष अदालतले त्यसबाहेक थुनुवाको म्याद थपको कामकारवाही मात्रै गर्नेछ । अहिले विशेष अदालतमा थुनुवा समेत भएका मुद्दाहरु निकै सीमित संख्यामा छन् ।

आरोपपत्रका साथ उपस्थित गराइएका आरोपितको थुनछेक आदेश बाहेक अरु न्यायिक काम हुने छैन । विशेष अदालतले आरोपपत्र दर्ताको काम भने जारी राख्ने जनाएको छ, त्यो प्रशासनिक प्रकृतिको काम हो ।

विज्ञापन

विशेषले थुनुवाई बाहेकका सबै मुद्दाको सुनुवाइ रोकेको छ । पेशी र अरु तारिख दिने काम पनि नगर्ने भएको छ ।

हाजिर हुन आउने निवेदन पनि नलिने भन्दै अदालतको सूचनामा भनिएको छ, ‘ यस अदालतमा कार्यरत केही कर्मचारी एवं नियमित बहस पैरवीमा उपस्थित हुने केही सरकारी वकिल र कानून व्यवसायीसमेत संक्रमित हुनुभएका र अन्यसमेत संक्रमितको सम्पर्कमा रहन पगेको परिस्थितिमा नियमित कार्यसंचालन गर्दा थप सरोकारवालामा समेत प्रत्यक्ष जोखिम हुन सक्ने परिस्थितिको मूल्याङ्कन गरी आवश्यक सावधानी अपनाउनु पर्ने भएकोले यो सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार