होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मौसमविद्लाई प्रश्न– धनगढीमा घाम कहिले लाग्छ ?
समाचार

मौसमविद्लाई प्रश्न– धनगढीमा घाम कहिले लाग्छ ?

  • नागरिक रैबार
मौसमविद्लाई प्रश्न– धनगढीमा घाम कहिले लाग्छ ?

धनगढीः केही दिनयता सुदूरपश्चिको तराइ क्षेत्रमा चिसो बढेको छ। कैलाली, कञ्चनपुर लगायतका क्षेत्रहरुमा चिसो बढेको हो। दैनिकजसो लाग्ने बाक्लो हुस्सुका कारण चिसो बढ्दै गएपछि यहाँको जनजीवनसमेत प्रभावित बनेको छ।

प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढीमा पनि चिसोले जनजीवन प्रभावित पारेको छ। धनगढीमा चिसो बढेपछि आगो तापेर बस्ने तथा विद्युतीय सामग्रीहरुको प्रयोग गर्ने क्रम बढ्न थालेका छ।

आजमात्रै धनगढीको अधिक्तम तापक्रम १३ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ भने न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस छ। अब मौसममा सुधारको विषयमा चासो बढेको छ। धनगढीमा घाम कहिले लाग्छ ? भन्ने  प्रश्नमा मौसमविद् प्रभु पौडेलले भने, ‘आज र भोलि त हुस्सु नै लाग्ने छ। शुक्रवार र शनिवार हल्का वर्षाको पनि सम्भावना छ। त्यसपछि फेरि हुस्सु लाग्ने र अर्को साताको अन्त्यतिर मौसम सुधार हुने पूर्वानुमान छ।’ यस्तै सुदूर पहाडका जिल्लाहरुमा वर्षा हुनसक्ने उनको भनाइ छ।

 

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै