होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अनेरास्ववियुले अनिश्चितकालका लागि यातायात सेवा बन्द गर्ने
समाचार

अनेरास्ववियुले अनिश्चितकालका लागि यातायात सेवा बन्द गर्ने

  • नागरिक रैबार
अनेरास्ववियुले अनिश्चितकालका लागि यातायात सेवा बन्द गर्ने

नागरिक रैबार
बाजुरा २ पुस ।
नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले आज ४ बजे देखि बाजुरामा अनिश्चितकालका लागि यातायात सेवा बन्द गर्ने भएकाे छ ।
अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन दिप अयडीका हत्यारालाई १ महिना वित्न लाग्दा समेत प्रहरीले पक्राउ गर्न नसकि चरम लापरबाही गरेकाेले यातायात सेवा अनिश्चितकालका लागि बन्द गर्न लागेकाे अनेरास्ववियुका सचिवालय सदस्य लक्ष्मण राेकायाले बताएका छन् ।
चेतन ऐडीको न्यायको लागि आज ४ बजेबाट बाजुरामा यातायात सेवा अनिश्चितकालिनको लागि बन्द गर्ने अनेरास्ववियुले घोषणा गरेकाे हाे ।
चेतनकाे न्यायकाे पक्षमा गरेकाे याे आन्दोलनलाई सम्पूर्ण बाजुरा वासीहरूले सहयोग गरिदिन अनेरास्ववियु बाजुराले आग्रह गरेकाे छ ।
गएकाे मंसिर ४ गते भएकाे प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दिन साँझ घरमा सुतिरहेका चेतनलाई काँग्रेस कार्यकर्ताहरूले घरभित्रै गएर बीभत्स हत्या गरेकाे भन्दै चेतनका बुवा गगन अयडीले २२ जना विरूद्व जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय बाजुराले भने जाहेरीमा नाम उल्लेख भएका २२ मध्ये ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै