नागरिक रैबार/बाजुरा १ भदाै । भारत जान लागेका बाजुराका १९ जना महिलाहरुको कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाबाट उद्धार गरिएको छ।
बाजुराको ९ वटै स्थानीय तहका अधिकाशं महिलाहरु घरको आर्थिक स्थिति निकै कम्जोर भएको भन्दै कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाबाट भारत जान लागेकी थिइन । उनीहरु कामको खोजीमा प्रत्येक वर्षमा भारत जाने गर्दछन्।
बाजुराका उन्नाइस जना महिलालाई भारतमा राम्रो काम लगाइ दिने प्रलोभन पार्दै दलालहरुले बिक्री गर्ने उद्देश्यले भारत लिदै गरेको अवस्थामा कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाबाट उद्धार गरिएको शान्ति पुर्नस्थापना गृह कैलाली र गड्डाचौकीले जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु