बालिकालाई बलात्कार गरेको आरोपमा रोल्पाको त्रिवेणी गाउँपालिकाको वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर–६ का सदस्य ३५ वर्षीया मोहन केसीलाई पक्राउ गरिएको रोल्पाका डिएसपी विनोद घिमिरेले रातोपाटीलाई बताए ।
जेठ ३० मा केसीले १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । आरोपीमाथि जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी घिमिरेले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु