नेकपा एमालेका नेता भीम रावलले एसपीपी प्रकरणबारे छानबिन समिति बनाउन माग गरेका छन्। शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा रावलले छानबिन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउन माग गरेका हुन्।
नेता रावलले अमेरिकाले एसपीपी कार्यक्रममा सहभागी नहुने हो भने नेपालले पत्र लेख्न सक्ने बताइरहेका बेला परराष्ट्रमन्त्री र प्रधानमन्त्री मौन बस्नुको जवाफ दिनुपर्ने बताए। समितिको आजको बैठकमा परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपी प्रकरणको च्याप्टर क्लोज भएको बताएका थिए।
फेसबुक प्रतिक्रियाहरु