होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • बझाङमा कांग्रेस जिल्ला सभापति सवार जीप दुर्घटना, एक जनाको मृत्यु
प्रदेश ७

बझाङमा कांग्रेस जिल्ला सभापति सवार जीप दुर्घटना, एक जनाको मृत्यु

  • नागरिक रैबार
बझाङमा कांग्रेस जिल्ला सभापति सवार जीप दुर्घटना, एक जनाको मृत्यु

धनगढी : बझाङमा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनको परिवार सवार जीप दुर्घटना भएको छ। बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप गएराति १२:४० बजे वित्थडचिर गाउँपालिका-४ देउलेख बजार नजिकै दुर्घटना भएको प्रहरीले बताएको छ।

दुर्घटनामा सुर्माका विनोद बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। त्यस्तै, अन्य तीन जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि देउलेख प्राथमिक स्वास्थ्य केन्द्रबाट धनगढी रेफर गरिएको छ। जीपमा ३ महिला र ६ पुरुष गरी ९ जना सवार रहेका बताइएको छ। घटनाबारे थप जानकारी आउन बाँकी छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार