होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पत्रकार महासंघ बैतडीमा सहमति, अध्यक्षमा अवस्थी चयन
समाचार

पत्रकार महासंघ बैतडीमा सहमति, अध्यक्षमा अवस्थी चयन

  • नागरिक रैबार
पत्रकार महासंघ बैतडीमा सहमति, अध्यक्षमा अवस्थी चयन

बैतडी: नेपाल पत्रकार महासंघ बैतडीको शाखाको नयाँ कार्यसमितिको अध्यक्षमा खगेन्द्र अवस्थी सर्वसम्मत चयन भएका छन्। १८ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा नरी बडू, महिला उपाध्यक्षमा बिन्दु चन्द, सचिवमा तृप्ती शाही, कोषाध्यक्षमा दत्तराम भट्ट (डीआर), सहसचिवमा विनोद सिंह विष्ट, समावेशी सहसचिवमा प्रेम ओड चयन भएका छन्। यस्तै चारजना राष्ट्रिय परिषद् सदस्य र नौजना प्रदेश परिषद सदस्य समेत चयन गरिएको छ। सदस्यता विवादका कारण गत चैतमा नयाँ कार्यसमिति चयन हुन सकेको थिएन।

जिल्लामा रहेका पत्रकारका संघसंगठन(नेपाल प्रेस युनियन,समाजवादी प्रेस संगठन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर) बीच भएको सहमतिका आधारमा नयाँ कार्यसमिति चयन गरिएको पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्टले जानकारी दिए। विवाद समाधानका लागि नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष योगेश रावलको नेतृत्वमा आएको टोलीले फागुन १ गते सर्वसम्मत रुपमा कार्यसमिति चयन गर्ने टुंगो लगाएको थियो। यसका साथै विवाद समाधानका लागि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि उत्तर विष्ट पनि पुगेका थिए।

यसैबीच नयाँ कार्यसमितिलाई बिहीबार नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्टले पदभार ग्रहण गराएका छन्। पदभार ग्रहणपछि नवनिर्वाचित अध्यक्ष खगेन्द्र अवस्थीले सदस्यता शुद्धिकरण अतिआवश्यक रहेकोले यो विषयलाई कडाईसाथ लैजाने प्रतिवद्धता व्यक्त गरे। यसका साथै नवनिर्वाचित पत्रकार महासंघ बैतडीको कार्यसमितिको बैठकले सदस्यता शुद्धिकरण गर्न समिति गठन गरेको छ। चन्द्रप्रकाश लोहिया(सीपी)को संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार