होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कर्णाली सरकारले ‘कर्णाली सिंहदरबार’ बनाउने
समाचार

कर्णाली सरकारले ‘कर्णाली सिंहदरबार’ बनाउने

  • नागरिक रैबार
कर्णाली सरकारले ‘कर्णाली सिंहदरबार’ बनाउने

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका आठवटै मन्त्रालय एउटै हाताभित्र रहने गरी कर्णाली सिंहदरबार बनाउने भएको छ ।

हाल वीरेन्द्रनगर नगरपालिका –७, इत्राममा प्रदेश सरकारका मन्त्रालय र अरु केही सरकारी कार्यालय रहेका छन् । सोही ठाउँलाई घेराबार गरेर कर्णाली सिंहदरबार बनाइने आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जानकारी दिए ।

बजेटबारे जानकारी दिन बिहीबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री विष्टले भने, `हामीले यो गत आर्थिक वर्षमै बनाउन खोजेका थियौं तर सफल हुन सकेको थिएन । आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा आउँछ । त्यसका लागि बजेटपनि छुट्याएका छौं।’

विज्ञापन

उनका अनुसार कर्णाली सिंहदरबार निर्माणका लागि सरकारले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार पारेको थियाे । तर संगठन संरचना फेरबदल भएपछि पुनः डीपीआर गरिने छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय अगाडिको जग्गामा भवन निर्माण हुनेछ । झण्डै दुई बिघा जग्गामा आठवटै मन्त्रालयका भवन बनाइनेछ । त्यसका लागि प्रदेश सरकारले १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

कर्णाली सिंहदरबार निर्माण भए सुरक्षाको दृष्टिले सहज हुनेछ । नागरिकले एउटै छाताबाट सुरक्षा पाउने मन्त्री विष्टको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै