होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेपाल अमेरिकी सेनाको अखडा बन्छ : भीम रावल
देश/प्रदेश

नेपाल अमेरिकी सेनाको अखडा बन्छ : भीम रावल

  • नागरिक रैबार
नेपाल अमेरिकी सेनाको अखडा बन्छ : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले राज्य साझेदारी कार्यक्रम स्टेट पाटर्नससिप प्रोग्राम (एसपीपी) कार्यान्वयन भए नेपाल अमेरिकी सेनाको अखडा बन्ने दाबी गरेका छन् । बिहीबार काठमाडौमा भएको पूर्व सुरक्षाकर्मी सुरक्षा परिषदको पत्रकार सम्मेलनमा बोल्दै पूर्व रक्षामन्त्री समेत रहेका रावलले भने, ‘यदि त्यो दिशामा गयो भने नेपाल अमेरिकी सेनाको अखडा हुन्छ । नेपालको संविधान मिचिन्छ । नेपालको स्वतन्त्र परराष्ट्र नीति ध्वस्त हुन्छ र नेपाल आजको प्रतिस्पर्धी विश्वमा एशिया प्रशान्त क्षेत्रको भुमरीमा फस्छ ।’

नेता रावलले एसपीपी सम्झौताले नेपालको अस्मिता र अस्तित्वमा नै खतरा पैदा हुने भन्दै राष्ट्रवादी नेपाली जनता सचेत हुन जरुरी रहेको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिबिना अघि नबढ्ने भनेको सुनेको भन्दै दुई चारजना मानिस जम्मा भएर राष्ट्रिय सहमति भयो भनेर राष्ट्रघाती काम गर्ने छुट समेत कसैलाई नभएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनतालाई नेपालले अवलम्बन गर्दै आएको स्वाधीन, स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्छु भनेर सार्वजनिक रुपमा भनेपछि मात्रै पत्याइने बताए । एसपीपीबारे अहिले कुप्रचार गरेर देशभक्त नेपालीहरुको आवाज दबाउन खोजिएको पनि रावलको भनाइ छ । उनले आफु रक्षामन्त्री भएका बेला एसपीपीबारे कुनै सहमति सम्झौताको प्रक्रिया अघि नबढेको दावी समेत गरे ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै