होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अछाम घर भएका पूर्व डिआइजीको अनुभवः पुरानो गार्डले बिजी छु भनेर फोन काट्यो, पिएले ब्लक गर्‍याे
समाचार

अछाम घर भएका पूर्व डिआइजीको अनुभवः पुरानो गार्डले बिजी छु भनेर फोन काट्यो, पिएले ब्लक गर्‍याे

  • नागरिक रैबार
अछाम घर भएका पूर्व डिआइजीको अनुभवः पुरानो गार्डले बिजी छु भनेर फोन काट्यो, पिएले ब्लक गर्‍याे

महेशविक्रम शाहः प्रहरी नायव महानिरीक्षक(डिआइजी)को तीस वर्षे सेवाअवधि पूरा भएपछि अवकास पाएको केही समयपछि मलाई आफूसँग काम गर्ने व्यक्तिहरूलाई सम्पर्क गरि आफू शक्तिमा हुँदा र नहुँदा उनीहरूको व्यवहारमा कुनै परिवर्तन देखिन्छ कि देखिदैन जान्न मन लाग्यो।

मैले मेरो पहिलेको ड्राइभरलाई फोन गरें। त्यो ड्राइभरको वृत्ति विकासका लागि मैले धेरै काम गरिदिएको थिएँ। रिङ्गटोन बजिरह्यो तर उसले फोन उठाएन। दुई तीनपटक फोन गर्दा पनि फोन उठेन। त्यसपछि मैले मेरो गार्डलाई फोन गरें। गार्डलाई म धेरै माया गर्थें र उसलाई धेरै अवसर दिलाएको पनि थिएँ। उसले पनि पहिलोपटक फोन उठाएन। दोस्रोपटक फोन उठायो र भन्यो ” सर म त विजी छु। त्यसपछि उसले फोन काट्यो। मैले आफ्नो पिए बसिसकेको प्रहरी अधिकृतलाई फोन गरें। आधा रिङ्ग बज्यो र त्यसपछि आवाज आयो, ‘तपाईंले सम्पर्क गर्न खोज्नु भएको नम्बर व्यस्त छ।’ मतलब उसले मलाई ब्लक गरिसकेको थियो।

मैले एक व्यक्तिलाई फोन गरें। म शक्तिमा छँदा उ मलाई पटकपटक फोन गर्थ्यो र स्टार होटेलमा कहिले लन्च त कहिले डिनरका लागि अनुरोधमात्र होइन, अनुनय विनय गर्थ्यो। उसले फोन उठायो र हाँस्दै भन्यो, ‘सर, घरमै बसी बसाउ होला होइन त !! म काममा छु सर। एकछिन पछि आफै कल गर्छु।’ म चुप लागें । उसले सोच्यो मैले फोन राखिसकें। उसको पछाडिबाट आवाज आयो ‘को हो ?’ उसले भन्यो ‘रिटायर्ड डिआइजी हो यार। अब यसको के काम छ स्साला !’

विज्ञापन

म सत्ता र शक्तिमा हुँदा प्रायःले भन्ने गर्थे ‘यो साहित्य वाहित्यमा के राखेको छ र !! यत्रो पदमा पुगेको मान्छे !’ मलाई थाहा थियो यो सत्ता र शक्ति भन्ने कुरा अत्यन्त निर्मम छ र क्षणिक छ। त्यसैले मैले सधैं आफ्नो पेशालाई आफ्नो कर्तव्य र साहित्यलाई आफ्नो सपना र साधना सम्झेँ।

(अछाम घर भएका पूर्व डिआइजी शाहले आफ्नो फेसबुकमा लेखेको सामग्री साभार गरिएको)

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार