होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमसीसीको विरोध गर्दै राप्रपा पनि उत्रियाे सडकमा
समाचार

एमसीसीको विरोध गर्दै राप्रपा पनि उत्रियाे सडकमा

  • नागरिक रैबार
एमसीसीको विरोध गर्दै राप्रपा पनि उत्रियाे सडकमा

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सडकमा उत्रिएको छ । राप्रपाका कार्यकर्ताहरु जुलुससहित नयाँबानेश्वरतर्फ अघि बढेका छन् ।

माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)लगायत दलका कार्यकर्ताहरु पनि एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीहरूलाई प्रहरीले नयाँ बानेश्वरको एभरेष्ट होटल क्षेत्रमा रोकेको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पार्टीका भ्रातृ संस्थाहरुले एमसीसीको विरोधमा प्रदर्शन गरेको बताए । विरोध प्रदर्शनका कारण अहिले माइतीघर-तीनकुने सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ ।

विज्ञापन

सरकारले आज एमसीसी पास गर्ने प्रस्तावमा संसदमा पेस गर्ने तयारी गरेपछि बानेश्वर वरपरको क्षेत्रमा प्रदर्शन गर्नेहरूको संख्या बढेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार