होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, पुस ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडीमा फैलियो खोरेत रोग
समाचार

बैतडीमा फैलियो खोरेत रोग

  • नागरिक रैबार
बैतडीमा फैलियो खोरेत रोग

बैतडी: बैतडीमा खोरेत रोग प्रकोपका रूपमा देखा परेको छ। यहाँका विभिन्न स्थानमा घरपालुवा पशुमा खोरेत रोगको प्रकोप देखिएको हो।

जिल्लाका चार स्थानीय तहमा खोरेत रोग देखा परेको भेटरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले बताए। पाटन नगरपालिका वडा नं ५, दशरथचन्द नगरपालिका वडा नं ७, मेलौली नगरपालिका वडा नं २ र पञ्चेश्वर गाउँपालिका वडा नं ५ र ६ मा घरपालुवा पशुमा खोरेत रोगको प्रकोप देखिएको हो। उनले भने, ‘गाई, भैंसी, गोरु, बाख्रा लगायतका घरपालुवा जनावरमा खोरेत रोगको प्रकोपकै रूपमा देखिएको छ, रोगका कारण घरपालुवा पशु मर्ने समेत गरेका छन्।’

खोरेत रोग देखा परेका ठाउँमा खोरेत रोगविरुद्धको खोप अभियान समेत सञ्चालन गरिएको छ। अहिले गाउँगाउँमा पुगेर प्राविधिकले खोप लगाउन थालिएको भेटरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ।

विज्ञापन

भेटरनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले खोरेत रोगविरुद्ध खोप निःशुल्क उपलब्ध गराएको छ भने सम्बन्धित पालिकाका प्राविधिकले खोप लगाउने काम गरिरहेका छन्।

पशुहरूमा खोरेत रोग देखिएमा मुखमा घाउ हुने, खुट्टाको काप र खुरमा घाउ हुने, हिँड्न नसक्ने, जिब्रोमा समेत असर हुनेलगायतका लक्षण देखा पर्छन्। रोग लागिसकेपछि निको हुने सम्भावना कम हुने गरेकाले गोठहरू सफा राख्ने, सरसफाइमा विशेष ध्यान दिन किसानलाई सुझाव दिइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार