होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, पुस ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • दार्चुलाका शिक्षकले जब झुक्किएर आफ्नै ‘पोर्न भिडियो’ अरुलाई पठाए…
अपराध

दार्चुलाका शिक्षकले जब झुक्किएर आफ्नै ‘पोर्न भिडियो’ अरुलाई पठाए…

  • नागरिक रैबार
दार्चुलाका शिक्षकले जब झुक्किएर आफ्नै ‘पोर्न भिडियो’ अरुलाई पठाए…

दार्चुला: दार्चुलाका शिक्षक रामसिंह धामीमाथि बलात्कार मृद्दा चलिरहेको छ। आफ्नै छात्रामाथि बलात्कार गरेको आरोपमा उनी जेठ १० गते पक्राउ परेका हुन्।

नौगाड गाउँपालिका–६ बस्ने उनको अश्लिल भिडियोबाट उनको पोल खुलेको थियो। भएको के थियो भने, जेठ ५ गते नौगाड गाउँपालिकाका धामीलाई गाउँकै पूर्णसिंह धामीले विजय जुलुसको भिडियो मागेका थिए। नातामा काका पर्ने पूर्णसिंह भारतको बैङ्ग्लोरमा बस्छन्।

काकाले भिडियो मागेपछि उनले गाउँपालिका अध्यक्षमा विजयी भएका नेकपा (माओवादी केन्द्र)का दलजितसिंह धामी र आफ्नो गाउँ रहेको वडा नम्बर –६ मा पनि सोही पार्टीबाट विजयी राजेन्द्रसिंह बोहरालगायतका भिडियो फुटेज म्यासेन्जरमै पठाए। विजय जुलुसको भिडियो फुटेज पठाउँदा उनले झुक्किएर एउटा ‘पोर्न भिडियो’ पनि पठाए।

विज्ञापन

उक्त भिडियो गाउँकै १७ वर्षीया युवतीको थियो। यसपछि पूर्ण सिंहले गाउँका अन्य युवाहरूलाई सोही भिडियो ‘फरवार्ड’ गरे। पोर्न भिडियो ‘भाइरल’ भएपछि रामसिंह र ती युवतीबीचको शारीरिक सम्बन्धबारे पोल खुलेको थियो।
‘पोर्न भिडियो’ सार्वजनिक भएपछि युवतीको बुबाले प्रहरीमा बलात्कारसम्बन्धी मुद्दामा ११ जेठमा उजुरी दिएका थिए।

प्रहरीले घटनाबारे अनुसन्धान सकेर बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय दार्चुलाले मङ्गलबार जिल्ला अदालतमा अभियोग पत्रसहित बलात्कार (जबर्जस्ती करणी) मुद्दा दर्ता गरेको छ।
तर, अभियोग पत्रमा जबर्जस्ती करणी नभई सहमतिमै करणी भएको आरोपी रामसिंहले उल्लेख गरेका छन्। उनले ‘पोर्न भिडियो’ पनि सहमतिमै खिचिएको बयान दिएका छन्। रामसिंहले युवतीसँग आफ्नो प्रेम सम्बन्ध रहेको बताएका छन्। भेट भएको मौकामा सहमतिमै शारीरिक सम्पर्क हुने गरेको उनले बयान दिएका छन्।

युवतीले भने खेतबारीमा मल लगेर गएको अवस्थामा रामसिंहले केही पर तान्दै गोठमा लगेर बलात्कार गरेको बताएकी छिन्।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार