होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार, ४ विद्यार्थी पक्राउ
समाचार

ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार, ४ विद्यार्थी पक्राउ

  • नागरिक रैबार
ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार, ४ विद्यार्थी पक्राउ

काठमाडौं: काठमाडौंको कालिकास्थानमा रहेको ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ। मंगलबार दिउँसो साढे १ बजेतिर सुरक्षा गार्डलाई केही व्यक्तिहरुले धारिलो हतियार प्रहार गरेको भन्ने सूचना पाएपछि प्रहरी वृत्त सिंहदरबारको टोली परिचालित भएको थियो।

घटनाको अनुसन्धानका लागि प्रहरीले सोही कलेजका मानविकी संकायमा कक्षा ११ मा अध्ययनरत चार जना विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको छ। म्याग्दीको बेनी नगरपालिका घर भई हाल काठमाडौंको बानियाटार बस्ने जोसेन बानियाँ, रामेछापको मन्थली घर भई हाल काठमाडौंको डिल्लीबजार बस्ने विपिन खत्री, ओखलढुंगाको मानेभञ्ज्याङ–६ घर भई हाल काठमाडौं घट्टेकुलो बस्ने प्रतिक खतिवडा र काठमाडौं टोखा–६ घर भएका सञ्जिव भण्डारी (अनमोल)लाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

प्रहरी अनुसार करिब १० दिन अगाडि कलेज परिसरमा बास्केटबल खेल्दा विवाद भएको थियो। विद्यार्थीका दुई समूहबीच भएको सो विवादमा संलग्न विद्यार्थीहरुलाई छुट्याउने क्रममा गार्डमाथि नै आक्रमण भएको हो। सुरक्षा गार्ड उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले बताएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै