काठमाडौं । नेपाली कांग्रेसको पक्षमा उत्कृष्ट चुनावी गीत पठाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार उपलब्ध गराइने भएको छ ।
सांस्कृतिक समन्वय उपसमितिले कांग्रेसको पक्षमा बनेको अडियो तथा भिडियोले उक्त पुरस्कार प्राप्त गर्ने जनाएको छ । गीत सांस्कृतिक समन्वय उपसमितिको फेसबुक म्यासेन्जरमा पठाउन अनुरोध गरिएको छ ।
केन्द्रीय प्रचार प्रसार सांस्कृतिक समन्वय उपसमितिका संयोजक डिबी गुरुङद्धारा प्रकाशित विज्ञप्तिमा गीत कहिलेसम्म उपलब्ध गराउने मिति भने तोकिएको छैन ।
हेर्नुस् विज्ञप्ति
फेसबुक प्रतिक्रियाहरु