होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमलाई सदियौँदेखि काठमाडौंले हेप्योः प्रचण्ड
समाचार

सुदूरपश्चिमलाई सदियौँदेखि काठमाडौंले हेप्योः प्रचण्ड

  • नागरिक रैबार
सुदूरपश्चिमलाई सदियौँदेखि काठमाडौंले हेप्योः प्रचण्ड

धनगढीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदियौँदेखि नै काठमाडौंले सुदूरपश्चिमलाई हेपेको बताएका छन्। माओवादीको सुदूरपश्चिम प्रदेश प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

‘एकदिन दुईदिन होइन, इतिहासदेखि नै सुदूरपश्चिमलाई राज्यले, काठमाडौंले जसरी विभेद र अपमानका साथ हेर्योु, उनले भने, ‘अब त्यसलाई उल्ट्याउनु छ। हामीले एक हदसम्म संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमार्फत समानुपातिक समावेशी प्रतिनिधित्व स्थापित गरेर सुदूरपश्चिमलाई प्रदेशको मान्यता दियौँ। तर अझै पनि त्यो पूर्ण भएको छैन।’ उनले देश समाजवादको यात्रामा अघि नबढेसम्म विभेद र अपमान अन्त्य नहुने पनि बताए।

उनले नयाँ विचार, पार्टी र समाजवादको नयाँ मोडेल निर्माण गर्ने विषयमा फेरि सुदूरपश्चिमले वीरता, क्षमता र संघर्षका नयाँ कीर्तिमान कायम गर्नुपर्नेमा जोड दिएका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार