होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • महाबौद्धको अतिक्रमण क्षेत्र हटाउँदै महानगर
समाचार

महाबौद्धको अतिक्रमण क्षेत्र हटाउँदै महानगर

  • नागरिक रैबार
महाबौद्धको अतिक्रमण क्षेत्र हटाउँदै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महाबौद्ध क्षेत्रमा सार्वजनिक स्थान, फुटपाथ क्षेत्रमा ओगटेर बसेका मिनी मार्केट हटाउन थालेको छ ।

महाबौद्ध आसपासमा रहेका होलसेल पसलहरु, चाइनिज मार्केट, मिनी मार्केटहरुले अनधिकृत रुपमा सार्वजनिक जग्गामा व्यवसाय गर्दै आएको पाइएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । अनधिकृत रुपमा सञ्चालित बजारलाई महानगर प्रहरीमार्फत माइकिङ गरेर हट्न निर्देशन दिइएको पाण्डेले बताए ।

भोलि (बिहीबार) सम्ममा नहटाए नगर प्रहरीले सामान नै जफत गरेर कारबाही गर्ने तयारी गरेको छ । ‘हामीले आजै हटाउन लगाउँछौं, नमाने सम्झाउने, बुझाउने गर्छौ तर भोलिसम्म हटाएन भने नगर प्रहरीको टोलीले कारबाही गर्छ,’ पाण्डेले भने ।

विज्ञापन

केहि व्यवसायीले सार्वजनिक स्थानमा राखेका पसल आफैले हटाएका छन भने केहिलाई महानगरले हटाउन दबाब दिइररहेको छ । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचनाहरु, नक्सा विपरीत प्रयोग भएका वेसमेन्टहरु, मापदण्ड विपरीत होर्डिङ बोर्डहरु हटाउँदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार