होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भट्टराईको अब छुट्टै पार्टी
समाचार

भट्टराईको अब छुट्टै पार्टी

  • नागरिक रैबार
भट्टराईको अब छुट्टै पार्टी

जसपाका केन्द्रीय कार्यकारणी सदस्य प्रशान्त सिंहले बुधबारको बैठकले पार्टी अलग हुने निर्क्योल गरेको बताए । उनले उपस्थित केन्द्रीय कार्यकारणी सदस्य लगायत अधिकांश नेताले विपरीत विचार भएका नेतृत्वमा संघर्ष गरेर बस्नुभन्दा फरक पार्टी खोलेर वैकल्पिक राजनीति गर्नेमा एकमत राखेको बताए ।

प्रशान्तले नयाँ पार्टी खोल्ने डा. भट्टराईले म्यान्डेड दिएको बताए । म्याडेन्ड पाउनेहरुमा प्रशान्तसँगै डम्बर खतिवडा, गंगानारायण श्रेष्ठ, रमेश यादव, महिन्द्र यादव, हिसिला यमी, र केही समानुपातिक सांसदहरु समेत रहेको उनले सुनाए । ‘निर्वाचनमा आउनुअघि नै पार्टी निर्माण गरिसक्नु पर्नेछ’, प्रशान्तले भने, ‘समय थोरै छ, प्रक्रिया छिट्टै अघि बढ्छ ।’

जसपाको भट्टराई पक्षका केन्द्रीय कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठले पनि आफूहरु नयाँ पार्टी खोल्ने प्रक्रियामा रहेको बताए ।’पार्टी पुनर्गठन र नयाँ पार्टी खोल्नु एउटै कुरा हो । छिट्टै पार्टीको केन्द्रीय समितिको बैठक बसेर नयाँ पार्टी खोल्ने प्रक्रियामा छौं,’ उनले भने ।

विज्ञापन

२०७६ वैशाख २३ गते तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ती पार्टी नेपालबीच एकता भई समाजवादी पार्टी बनेको थियो । समाजवादी पार्टी २०७७ वैशाख १० गते राष्ट्रिय जनता पार्टीसँग मिलेर जसपा बनेको थियो । समानुपातिक नेतृत्व प्रणाली, पार्टी विधान शैलीमा नचल्नु, अध्यक्षको एकलौटे कार्यशैली लगायतका मुद्दामा जसपामा भट्टराई र यावदबीच बढ्दै गएको मनमुटावले उत्कर्ष रुप लिएको हो । यही मनमुटावका कारण यादव पक्ष वीरगन्जमा केन्द्रीय समीतिको बैठक बसेका छन् भने भटट्राई पक्षले काठमाडौंमा बैठक राखेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै