होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बडिमालिका ७ जिल्लीका ४ बालबालिका भारतको सिम्लामा अलपत्र
Breaking News

बडिमालिका ७ जिल्लीका ४ बालबालिका भारतको सिम्लामा अलपत्र

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बडिमालिका ७ जिल्लीका ४ बालबालिका भारतको सिम्लामा अलपत्र

नागरिक रैबार/ असार ३० बाजुरा । बडिमालिका नगरपालिका वडा न ७ जिल्लीका ४ बालबालिका भारतको सिम्ला भन्ने ठाउँमा अलपत्र परेका छन । उनीहरुको आमाको ४ बर्ष पहिले बिरामी भएर मृत्यु भएको थियो। उनीहरुका बुवाको मृर्गौलामा समस्या भएर काठमाण्डौमा उपचार हुन नसकि बिरामी हरिभानले चार छोराछोरी बोकेर  सिम्ला स्याउ टिपेर छोराछोरी पाल्ने र उपचार गर्न भनेर भारत गए । तर उनको त्यहीँ मृत्यु भयो छोराछोरी अलपत्र परे उनका छिमेकी भानुभक्त जैशीले बताएका छन ।

 उनीहरु ४ भाईबहिनी भारतको सिम्लामा अलपत्र अबस्थामा रहेका छन । उनीहरु घर आउन चाहेर पनि आर्थिक अबस्थाका कारण आउन सकिरहेका छैनन । एक्कासि मृगौला सुनिएपछी हरिभान चदारालाइ जिल्ला अस्पतालमा पन्ध्र दिन राखियोे रोग पत्ता लागेन । जिल्ला अस्पताल बाजुराले बयालपाटा अस्पतालमा रिफर गर्यो त्यहा पनि केही रोग पत्ता नलाग्दा बयालपाटा अस्पतालले सेती अञ्चल अस्पताल रिफर गर्यो त्यहा मृगौला फेलको संकेत गर्यो तर पैसा भएन केही उपचार हुन सकेन ।

त्यहाँबाट काठमाडौको टिचिङ अस्पताल रिफर गर्यो इमेर्जेन्सिमा पाँच हजार रुपैयाँ नभएर भर्ना लिएन र फर्कायो । बीर अस्पतालमा गए करिब एक महिना राखियो पैसा अभावका कारण कुनै उपचार हुन नसकेको बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै